भारत- मुम्बइको एक अदालतले अभिनेत्री शिल्पा शेट्टीका पति र व्यवसायी राज कुन्द्राको जमानत याचिकालाई अस्वीकार गरेको छ।
मुम्बई प्रहरीको क्रामइ ब्रान्चले कुन्द्रालाई १९ जुलाइमा फेब्रुअरीमा दर्ता भएको अश्लिल चलचित्रसँग सम्बन्धित अभियोगमा पक्राउ गरेको थियो। यसपछि उनी प्रहरी हिरासतमा छन्। मंगलबार अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइदिएको थिए र उनको जमानत याचिकामा बुधबार निर्णय गर्ने बताइएको थियो।
मंगलवार कुन्द्रा बम्बइ हाईकोर्ट पनि पुगेका थिए तर उसले पनि उनको रिहाइका बारेमा तत्काल आदेश जारी गर्न अस्वीकार गरेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार कुन्द्राका वकिलले हाइकोर्टमा प्रहरीले कानुनी प्रकृयाको पालन नगरेको र उनलाई पक्राउ गर्नुपूर्व सूचना नदिएको दलिल पेश गरेका थिए। सरकारी वकिलले भने उनीहरुको दाबीलाई चुनौती दिँदै गिरफ्तारीभन्दा पहिला सूचना दिएको बताएका थिए।
हाइकोर्टले सरकारी विकललाई यसबारे एक शपथपत्र पेश गर्न भनेको थियो। कुन्द्राका वकिलले अदालतमा अन्तरिम आदेश दिन माग गरेका थिए जसलाई न्यायाधीश गडकरीले पहिला अभियोजन पक्षको याचिकाको जवाफको मौका दिने भन्दै खारेज गरिदिएका थिए।
प्रहरीले कुन्द्रा यो प्रकरणका मुख्य अभियुक्त भएको बताउँदै आएको छ। प्रहरीका अनुसार उनको घरमा छापा मार्दा ५१ अश्लिल फिल्म फेला परेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।