लहान– सिरहामा आर्थिक वर्ष २०७७/७८ मा १९ सय १३ वटा नयाँ उद्योग दर्ता भएका छन्। नयाँ दर्ता भएकामध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ ११ सय २२, सेवा उद्योगतर्फ ६ सय ५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।
कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरा पालनका १७ नयाँ उद्योग दर्ता भएका छन्। सेवा उद्योगतर्फ कुटानी पिसानीका ११५, होटेल ११०, निर्माणका ९४, मोटरसाइकल मर्मतका ४५ र ढुवानीका ३५ उद्योग दत्र्ता भएका छन्।
नयाँ उद्योग दर्ताबाट १ करोड ८६ लाख ६६ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ।
बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै उद्योग दर्ता गराउनेको संख्या वृद्धि भएको प्रमुख यादवको भनाइ छ। यस्तै आव २०७७/७८ मा उद्योगतर्फ ६४ र वाणिज्यतर्फ १५५ घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।