काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य ९१ हजार ९ सय रहेको थियो।
आज तेजाबी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज सुनको मूल्य बढे पनि चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ।
आज चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।