कञ्चनपुरको दोधारा–चाँदनी झोलुङ्गे पुल, फाइल तस्वीर महेन्द्रनगर– महाकाली नदी पारीको नगरपालिका जोड्ने कञ्चनपुरको झोलुङ्गे पुल मर्मत सुरु गरिएको। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल मर्मत सुरु गरेको हो।
दैनिक ६ घण्टा सवारी साधन सञ्चालन रोकेर मर्मत थालिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए। नगर प्रवक्ता सिजालीले भने, 'पुल मर्मत सुरु भएको छ, काम सकिएपछि मात्र पुनः सञ्चालन हुनेछ।'
बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द गरिएको छ। आगामी दुई/तीन दिनमा मर्मतको काम सकिने लक्ष्य रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।