काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन्। मंगलबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पपछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविष्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे।
उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे। मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूको कार्यन्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
भेटका क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए। विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको राजदूत बेरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।