काठमाडौं- नेपाल सरकारको मातहतमा रहेको चलचित्र विकास बोर्डले स्टोरी बैंकका लागि कथा, पटकथा पठाउन आह्वान गरेको छ।
मौलिक तथा कलात्मक फिल्म निर्माणका लागि बोर्डले कथा तथा पटकथा मागेको हो। मंगलबार एक सूचना प्रकाशिन गर्दै बोर्डले कथा मागेको हो।
स्टोरी बैंकमा कथा दिन चाहनेले सूचना प्रकाशनको ६० दिनभित्र पटकथा बुझाउनुपर्नेछ जनाइएको छ।
अघिल्लो वर्ष बोर्डले स्टोरी बैंकमा आएका ५ ओटा मौलिक कथालाई फिल्म निर्माणमा सघाउने घोषणा गरेको थियो।
यो वर्ष पनि अघिल्लो वर्षजस्तै पाँचओटा पटकथा बोर्डमा भएका विज्ञ टोलीले छनोट गर्नेछन्। आवश्यक परेको खण्डमा विशेषज्ञतासमेत उपलब्ध गराउँदै फिल्मलाई अन्तराष्ट्रिय बजारमा लैजाने बोर्डको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।