काठमाडाैं- भोजपुरी फिल्ममा रमिरहेका नायक विराज भट्ट फिल्म छायांकनको क्रममा घाइते भएका छन्। उनी भोजपुरी फिल्म 'आक्रोश'को छायांकनका क्रममा घाइते भएका हुन्।
उनी घाइते भएसँगै फिल्मको छायांकन रोकिएको छ। विराज 'एक्सन स्टन्ट' गर्ने क्रममा घाइते भएका हुन्। उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ। चिकित्सकले घुँडामा रगत जमेको भन्दै दुई साता आराम गर्न सल्लाह दिएसँगै छायांकन प्रभावित बनेको छ।
यो चलचित्रको छायांकन भारतको लखनउमा भइहेको थियो। सन्दीप सिंहले निर्देशन गरिरहेको यो चलचित्रमा विराजसँगै प्राची सिंह, सञ्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ।
चलचित्रको ४० प्रतिशतभन्दा बढी काम सकिएको निर्माणपक्षले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।