काठमाडाैं- योङ बिजनेस एक्जुकेटिभ फोरम वाईबीईएफको कार्यकारी पदमा नायक सञ्जोग कोइराला नियुक्त भएका छन्। यो नेफ्टा अर्थात् नेपाल फरेन ट्रेड एसोसियसनअन्तर्गत युवाहरुको छाता संगठन हो।
सञ्जोग नेपाली नायक नभइ व्यापारी पनि हुन्। उनले विभिन्न क्षेत्रहरुमा हात हालेका छन्।
औद्योगिक रुपमा उनको बिजनेपा इन प्रालि छ। जुन कम्पनीले फर्निचर र इन्टेरियरसम्बन्धी काम गर्छ। फर्निचरसँगै उनले दरबारमार्गमा कोरियन रेस्टुरेन्ट र विभिन्न स्थानमा चिया अड्डा खोलेका छन्। चिया अड्डा पछिल्लो समय सेलिब्रेटीहरुबीच निकै चर्चित छ।
यसबाहेक उनी कन्टेन्ट राइटिङ, युट्युब र फिल्ममा काम गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।