काठमाडाैं- काभ्रेको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न सहरी पूर्वाधार विकासका लागि नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच सम्झाैता भएको छ।
उक्त परियोजना कार्यान्वयनका लागि नगरप्रमुख महेश खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले समझदारीपत्रमा हस्ताक्षर गरे।
सार्वजनिक-निजी साझेदारीको माध्यमबाट नगरपालिकामा सुविधा सम्पन्न सहरी पूर्वाधार विकास गर्न लागिएको बताइएको छ। बैंकले मुलुकमा पूर्वाधार विकासका लागि अन्य प्रदेश एवं स्थानीय सरकारहरुसँगसमेत सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।