काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले तयार गरेको प्रतिवेदनमा नेता कल्याण गुरुङले 'नोट अफ डिसेन्ट' जनाएका छन्।
समितिले ९८ प्रतिशत काम सकेर आफ्नो प्रतिवेदन तयार गरेको हो। प्रतिवेदनमा केही असहमति रहेपछि नेता गुरुङले नोट अफ डिसेन्ट लेखेका हुन्। ७ सदस्यीय समितिमा गुरुङ सदस्य रहेका छन्।
असार मसान्तसम्म कार्यावधि रहेको समितिले १२ दिनको अतिरिक्त समयपछि मंगलबार प्रतिवेदन बुझाउन लागेको छ।
समितिले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यहरुको नामावली बुझाउने भएको हो। त्यसका लागि समितिका सदस्यहरु सभापतिको निजी निवास बुढानीलकण्ठ जाँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।