काठमाडौं- गत जेठ १३ गते धनगढीमा गोली हानेर पैसा लुट्ने दुई जना सोमबार काठमाडौंमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले धनगढीका राम प्रवेश राना र कञ्चनपुरका कालु रानालाई पक्राउ गरेको हो।
उनीहरुले सिद्धार्थ बैंकबाट पैसा निकालेर आफ्नो कार्यालयतर्फ जाने क्रममा आइएमई सेन्टरका कर्मचारी निर्मल कार्कीलाई गोली हानी घाइते बनाएर उनीसँग रहेको साढे नौ लाख लुटेका थिए। घाइते कार्की अवस्था हाल सामान्य छ।
पक्राउ परेकामध्ये कालु राना २०६८ सालमा बलात्कार मुद्दामा जेल परे्र छुटेका व्यक्ति भएको खुलेको छ। उनी गत माघमा मात्र जेलबाट छुटेका थिए।
५ जना मिलेर उनीहरुले सो लुटपाट योजना बनाएका थिए। घटनामा संलग्न राजकुमार चौधरी र उग्रसेन चौधरी यसअघि नै पक्राउ परिसकेका छन्।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।