काठमाडाैं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समृद्धिको ठूलो हिस्सेदार निजी क्षेत्र अपहेलित भइरहनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा अनुमानको भरमा पूर्वाग्रह राखेर निजी क्षेत्रको मान मर्दन कहीँ कतैबाट हुन नहुने लेखेका छन्। राजस्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र भएको उनको भनाइ छ।
'राजस्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र हो। तर समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भाग्यपूर्ण छ। निजीक्षेत्रका कुशल व्यवस्थापक, राज्य संयन्त्र पनि प्रभावकारी रुपमा सञ्चालन गर्न सक्छन्। अनुमानको भरमा पूर्वाग्रह राखेर निजी क्षेत्रको मान मर्दन कहीँ कतैबाट पनि हुनुहुँदैन,' अध्यक्ष गोल्छाले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।