काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा महासंघका पदाधिकारीहरुले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गरे।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए। अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा देखिएका समस्याका विषयमा जानकारी गराएका थिए।
त्यसक्रममा प्रधानमन्त्री देउवाले महासंघले राखेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिए। उनले व्यवसायीमाथि परेका समस्या समाधान गर्न सरकार सदैव तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।