काठमाडौं- अश्लिल फिल्म बनाएको आरोपमा मुम्बई प्रहरीले शिल्पा शेट्टीका पति एवं व्यापारी राज कुन्द्रालाई गिरफ्तार गरेपछि प्रहरीले हरेकदिन नयाँ व्यक्तिसँग सोधपुछ गरिरहेको छ।
कुन्द्रा अहिले प्रहरी हिरासतमा रहेका छन् र प्रहरीले उनीसँग सम्बन्धित जानकारी संकलन गरिरहेको छ।
भारतीय पत्रिका जनसत्ताको एक समाचारका अनुसार कुन्द्रा प्रकरणमा मुम्बई क्राइम ब्रान्चले अभिनेत्री गहना वशिष्ठ र अन्य दुई जनालाई पेश हुन भनिएको थियो तर आइतबार उनीहरु उपस्थित भएनन्।
पोर्न फिल्मको निर्माण र ऐपको माध्यमबाट त्यसको प्रदर्शनलाई लिएर कुन्द्राको गिरफ्तारीपछि वशिष्ठले पोर्न फिल्म र उत्तेजक सामग्रीमा फरक रहेको बताएकी थिइन्।
गहनाले राज कुन्द्राका तीन फिल्ममा काम गरिसकेकी छन्। प्रहरीले यो प्रकरणमा अहिलेसम्म ११ जनालाई प्रकाउ गरेको छ।
एक अन्य समाचारका अनुसार कुन्द्रा थप समस्यामा पर्न सक्छन्। कुन्द्राको कम्पनीका चार कर्मचारी नै सरकारी साक्षी बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।