फाइल तस्बिर
काठमाडाैं- नेकपा (एमाले) का नेता योगेश भट्टराईले कोरोना भाइरसको संक्रमणप्रति सरकार गम्भीर नभएको बताएका छन्। उनले कोरोना संक्रमण बढ्दा अर्को खतरा दोहोरिनेतर्फ सरकारलाई सचेत गराएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै उनले जुलुस रोक्न नसक्नु सरकारको नालायकीपन भएको आरोप लगाए।
'प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिन २०० भन्दा बढीको लाइन, अखिल फोर्स, युथ फोर्स आदिको जुलुस, सरकारलाई चाबी बुझाउने लाइन,' उनले भने, 'कोरोना घटेको छैन, निषेधाज्ञा कायम छ, १० दिन बढाइयो तर कडाइ भएन। सरकार सिरियस भएन भने अर्को खतरा दोहोरिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।