काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आत्मालोचना गरेर आए महन्थ ठाकुरपक्षलाई पार्टीमा स्थान दिने बताएका छन्।
निर्वाचन आयोगमा भएको सनाखतमा आफ्नो पक्षमा ३४ सांसद्को हस्ताक्षर भएको उनले बताएका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा उनको पक्षमा ३५ सदस्य हुने देखिएको छ।
जसपा स्थापनाकालका दुईतिहाइभन्दा धेरै नेताहरु यादवपक्षमा लागेपछि जसपाको आधिकारिकता यादवले पाउने देखिएको छ। ‘बिराएको र गलत बाटो छाडेर आएमा पार्टीमा राख्न सकिन्छ,’ यादवले भने, ‘आत्मालोचना गरेर आएमा पार्टीमा स्वागत छ। प्रतिगमनलाई साथ दिएकाले आत्मालोचना गर्नुपर्नेछ।’
सरकारमा कहिले जाने भन्ने प्रश्नमा उनले आफूहरुले बनाएको सरकार भएकाले छिट्टै जाने पनि बताए। महन्थपक्षमा जम्मा १६ जना देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।