काठमाडौं– नेपाली बजारमा सोमवार सुनको मूल्य सामान्य रुपमा बढेको छ। आइतवार १ सय रुपैयाँले घटेको सुन सोमवार सोही अंकले बढेको हो।
सोमवार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतवार प्रतितोला१२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।