काठमाडौं- जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य नवलकिशोर साह महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष छाडेर उपेन्द्र यादवको पक्षमा उभिएका छन्। सोमबार निर्वाचन आयोगमा भएको 'हेड काउन्ट'मा उनले यादवपक्षमा मतदान गरेका हुन्।
पूर्वराजपाका नेता साहले आयोग परिसरमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफूले राजेन्द्र महतोलाई धोका नदिएको बताए। 'मैले राजेन्द्र महतोलाई धोका दिएको होइन। राजेन्द्र महतोले पार्टीलाई धोका दिएको हो। राजेन्द्र महतो संघीयताको विपक्ष र प्रतिगमनको पक्षमा उभिए। उहाँको भाषण सुन्नुस न, ओलीको विरुद्धमा कति चिच्याएर भाषण दिनुभएको छ। फेरि कुन स्वार्थले जानुभयो,' उनले भने।
उनले आफ्नो राजनीतिक सिद्धान्त र राजनीतिक दायित्व भएकाले त्यसलाई निर्वाह गरेको बताए। 'म आजदेखि राजनीति गरेको होइन। मैले पञ्चायती व्यवस्थाको घोर विरोध गरेर, राजाको घोर विरोध गरेर आन्दोलन गरेर प्रजातन्त्र ल्याएको मान्छे। संघीयता हाम्रो माग थियो,' उनले ठाकुर-महतो पक्ष संघीयता विरोधमा उभिएको संकेत गर्दै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।