काठमाडौं- आधिकारिकता विवादमा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पक्षधरता स्पष्ट गरेर निर्वाचन आयोगबाट बाहिरिएका छन्। डा भट्टराई र उपेन्द्र यादवले एक पक्षको नेतृत्व गर्दै आएका थिए।
जसपा विवादमा यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यहरु खुल्दै आएका छन्। आफ्नो पक्षमा ३३/३४ जना कार्यकारिणी सदस्यहरु खुल्ने मोहम्मद इश्तियाक राईले जानकारी दिए।
लामो समय महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा रहेका मनिष सुमन पनि यादव पक्षमा खुलेका छन्। उनी राजेन्द्र महतो नेतृत्वको सद्भावना पृष्ठभूमिका नेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।