काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकताको छिनोफानो 'हेड काउन्ट' बाट गरिने भएपछि सो पार्टीका कार्यकारिणी सदस्यहरु निर्वाचन आयोगमा जम्मा हुन थालेका छन्। आयोगले सोमबार ११ बजे आयोगमा आउन भनेको थियो।
उपेन्द्र यादव पक्षमा खुलेका कार्यकारिणी सदस्यहरु आयोग पुगिसकेका छन्। महन्थ ठाकुर पक्षका नेताहरु पनि पुग्नेक्रम जारी छ।
निर्वाचन आयोगले हेड काउन्टका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरेको छ। कुन पक्षमा लाग्ने भनेर हस्ताक्षर गर्न छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ।
कार्यकारिणी समितिमा अल्पमतमा रहेको ठाकुर पक्षले हेड काउन्ट रोक्न आग्रह गर्दै आयोगलाई बुझाएको पत्र अस्वीकार गरिएको छ। आयोगले प्रक्रिया रोक्न नमिल्ने बताएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।