काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउँदै छ। त्यसका लागि आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ।
आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ७ गते कानूनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो।
सोहीअनुरुप जसपाका अध्यक्ष उपेन्द्र यादवपक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन्। अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, लालबाबु राउत, मोहमद इस्तियाक राई लगायत सबै उपस्थित भएका हुन्।
सनाखतपछि आयोगले आधिकारिकतासम्बन्धी सम्भवतः आजै निर्णय सुनाउनेछ। उता अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने हेड काउन्ट रोक्न आग्रह गर्दै आयोगमा निवेदन दिएको थियो तर आयोगले त्यसलाई अस्वीकार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।