काठमाडौं- संसद बाहिर रहेका कम्युनिस्ट पार्टीहरु छलफलमा जुटेका छन्।
सोमबार बिहान बानेश्वरको ग्लोबल कलेजमा साना वाम पार्टीहरुको बैठक बसिरहेको हो। रणनीतिक मोर्चा नाम दिएर उनीहरु छलफलमा जुटेका हुन्।
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादीका विश्वभत्त दुलाल लगायको बैठकमा उपस्थिति रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।