काठमाडौं– राष्ट्रिय योजना आयोगमा पदाधिकारीविहीन हुँदा राष्ट्रिय जनगणना–२०७८ अन्योलमा परेको छ। सरकार परिवर्तन भएसँगै आयोगका पदाधिकारी हटेपछि आयोग मातहतमा रहेको केन्द्रीय तथ्यांक विभागलाई काम गर्न समस्या भएको हो।
साउन १५ देखि असोज १५ गतेसम्म जनगणना गर्ने गरी विभागले आयोगमा प्रस्ताव पठाए पनि आयोग पदाधिकारीविहीन हुँदा कार्यतालिका अन्योलमा परेको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए।
यसअघि जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना कार्य सञ्चालन गर्ने कार्यतालिका भए पनि कोरोनाका कारण स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।