काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तकाे हत्या तथा बलात्कार घटनामा अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएका छन्।
आइतबार सरकारी निवास बालुवाटारमा गृहमन्त्री बालकृण्ण खाण र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएका हुन्।
‘निर्मला पन्तको हत्या भएको तीनवर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।
कञ्चनपुर भीमदत्त नगपालिकाकी १३ वर्षीय बालिका पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष वितिसक्दा पनि हत्यरा पक्राउ परेका छैनन्।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, कञ्चनपुर प्रहरी तथा दर्जनौं अनुसन्धान समिति बन्दासमेत पन्तको हत्यरा पक्राउ परेका छैनन्।
१० साउन २०७५ मा साथी घरमा गृहकार्य गर्न गएकी पन्त भोलिपल्ट भिमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा मृत अवस्थामा फेला पारेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।