• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन २५, २०८२ Mon, Mar 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एकता कार्यदलको १० बुँदे सहमतिमा ओली–नेपाल पक्षका थप २७ सांसदको ऐक्यबद्धता

64x64
नेपाल लाइभ आइतबार, साउन १०, २०७८  २०:१२
1140x725

काठमाडौं– नेकपा एमालेको एकता कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गरी आन्तरिक एकता कायम गर्न एमालेका दुवै पक्षका सांसदहरुले दबाब अभियान सुरु गरेका छन्।  

पार्टीलाई एकतावद्ध बनाउन विघटित एकता कार्यदलका नेताहरुसँग छलफल गरेर एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संयुक्त रुपमा दबाब अभियान सुरु गरेका हुन्। दबाब अभियानअन्तर्गत आइतबार भएको एउटा छलफलमा दुवै पक्षका गरी २७ जना सांसदको उपस्थिति थियो भने कार्यदलका ९ जना थिए।

आइतबार सिंहदरवारमा विघटित कार्यदलका संयोजक तथा सदस्यहरुसँग छलफल गरेपछि दुवै पक्षका सांसदहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। पार्टी एकतालाई बलियो बनाउन दबाब अभियान सुरु गरिएको ओली पक्षका सांसद कृष्णप्रसाद दाहालले जानकारी दिए। यो अभियानमा दाहाल उक्त पक्षका सांसदहरुको नेतृत्व समेत गरिरहेका छन्।  

दाहालले भने, ‘पार्टी एकतालाई मजबुत बनाउनका लागि हामी दबाब दिन्छौं। त्यसका लागि सल्लाह पनि दिनेछौं। विघटित एकता कार्यदललाई विश्वास पनि गर्दछौं। शीर्ष तहमा समस्या समाधान छ भने त्यसलाई पनि मिलाउनुहोस्। हामी तपाईंहरुको साथमा छौं। पार्टी भित्रको समस्या समाधान भन्दा बाहिर, पार्टी एकताभन्दा बाहिर कसैलाई पनि जाने अनुमति छैन। हामी जान दिँदैनौं।’

सांसदहरुले देश, जनता, राष्ट्र र लोकतन्त्रका लागि पनि एमाले विभाजित हुन नहुने तर्क समेत गरेका छन्। उनीहरुले विघटित एकता कार्यदलका नेताहरुलाई पार्टी एकताभन्दा बाहिर जाने अनुमति नेताहरुलाई नभएको भनेर सचेत पनि गराएका छन्। 

Ncell 2
Ncell 2

छलफलमा विघटित एकता कार्यदलका संयोजक तथा सदस्यहरुले १० बुँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनका आवश्यक्ताबारे सांसदहरुलाई जानकारी गराएका थिए। 

नेपाल पक्षका सांसदहरुको नेतृत्व गरिरहेका यज्ञराज सुनुवारले एकताको आधार तयार रहेकाले दबाबबाट नेताहरुलाई मनाउन सकिने बताए। उनले भने, ‘कार्यदलका सदस्यहरुले ठूलै मेहनत गरेर एकताको आधार तयार पार्नुभएको छ। यसलाई निष्कर्षमा लैजान सांसदहरु तयार छौं भन्नेमा लगभग सबै सांसदहरुको कुरा रह्यो।’

१० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन सांसदहरुले आफूहरुलाई आग्रह गरेका विघटित कार्यदलका माधव नेपाल पक्षका संयोजक भीम रावलले बताए। रावलले पार्टी एकतावद्ध हुनेमा आफू विश्वस्त रहेको पनि बताए। ‘हामीले १० बुँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनको स्थितिबारे उहाँहरुलाई जानकारी गरायौं। र, उहाँहरुले पार्टीलाई एकमतले एकतावद्ध बनाएर अघि लैजान जोड दिनुभयो। त्यसका लागि उहाँहरुले संघीय संसद्का पार्टीका सबै सांसदहरु कटिवद्ध भएर लागिपर्ने बताउनुभयो। १० बुँदे सहमति कार्यान्वयनमा पनि भूमिका खेल्नुस् भन्नुभयो। हामीहरुले एमाले एकतावद्ध भएर अघि बढ्ने विश्वास दिलायौं।’

बैठकमा विघटित कार्यदलका माधव नेपाल पक्षका संयोजक रावल, अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङसहित कार्यदलका सदस्यहरु सहभागी थिए। नेम्वाङले मतभिन्नता रहे पनि मिल्नका लागि सहमति भएको बताए। उनले भने, ‘समस्याहरु थिए, त्यसलाई घटाएर यहाँसम्म ल्याएको छौं।’

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ?
भोजपुरमा बदर मत न्यून
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
छानबिन समितिले बुझायो प्रतिवेदन, प्रधानमन्त्रीलाई अध्यक्ष कार्कीको सुझाव- प्रतिवेदन सार्वजनिक नगरे अर्को जेनजी विद्रोह हुनसक्छ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरू सबै हुनुहुन्थ्यो। उहाँहरूलाई मैले भनेको छु, प्रतिवेदन सार्वजनिक गर्नुस्, त्यसपछि कार्यान्वयनमा... आइतबार, फागुन २४, २०८२
समानुपातिकतर्फ ४४ लाख मत गणना, कुन दलले कति पाए ? राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म समानुपातिकतर्फ २१ लाख ७२ हजार १९ मत प्राप्त गरेको छ । रास्वपाले गणना भएको मतको ४९.३४ प्रतिशत... आइतबार, फागुन २४, २०८२
शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका राई निर्वाचित राईले १६ हजार ६६३ मत पाउँदा नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० भोट पाए । शेरधन कोशी प्रदेशका मुख्यमन्त्री हुन् । आइतबार, फागुन २४, २०८२
ताजा समाचारसबै
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
भोजपुरमा बदर मत न्यून सोमबार, फागुन २५, २०८२
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना सोमबार, फागुन २५, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
टी–२० विश्वकप फाइनलमा न्यूजिल्यान्डलाई भारतले दियो २५६ रनको कीर्तिमानी लक्ष्य आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
अमरेशसँग हारेपछि यस्तो भने गगन थापाले आइतबार, फागुन २४, २०८२
समानुपातिकतर्फ ४४ लाख मत गणना, कुन दलले कति पाए ? आइतबार, फागुन २४, २०८२
ओखलढुंगामा रास्वपाका विश्वराज ५ मतले विजयी आइतबार, फागुन २४, २०८२
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्