काठमाडाैं- नेकपा (एमाले) माधवकुमार नेपालपक्षको स्थायी कमिटी बैठकले पार्टी एकतामै जोड दिने निष्कर्ष निकालेको छ।
आज बसेको स्थायी कमिटी बैठकबाट उक्त निर्णय भएको नेपालपक्षीय नेता रघुजी पन्तले बताए।
'बैठकमा आज बोल्ने अधिकांश साथीहरुले पार्टी एकतालाई नै जोड दिनुपर्ने धारणा राख्नुभयो र आजको निष्कर्ष पनि एकतामै जोड दिने भन्ने भयो,' उनले भने।
बैठक भोलि फेरि बस्ने उनले बताए। भोलिको बैठकमा आज बोल्न बाँकी रहेका सदस्यहरुले आफ्नो धारणा राख्ने पन्तको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।