काठमाडौं- झण्डै २ वर्षअघि सार्वजनिक भएको गीत ‘तिम्रो मनमा ए कान्छी’को फिमेल भर्सन सार्वजनिक भएको छ। निकिता थापाको अवाजमा गीत सार्वजनिक भएको हो।
मेल भर्सनमा यो गीतलाई निमा रायले गाएका थिए। गीतको संगीत र शब्द पनि निमाले नै सिर्जना गरेका हुन्। निमाको वास्तविक नाम भने सुवास रहेको छ। टिकटक एपमा गीत भाइरल भएपछि मेल भर्सनलाई ६४ लाख पटक हेरिएको छ।
शनिबार एक कार्यक्रम गरेर फिमेल भर्सन सार्वजनिक गरिएको थियो। गीतको म्युजिक भिडियोमा पल शाह र मालिका महतलाई हेर्न सकिन्छ।
म्युजिक भिडियो छायांकन केबिका खत्रीले गरेकी छन्। त्यस्तै भिडियोको निर्देशन सान थापाको रहेको छ।
यस्तो छ भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।