काठमाडौं- विवेकशील साझा पार्टीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले उपलब्ध गराएको रकमको विवरण माग गरेको छ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सूचनाको हक प्रयोग गर्दै साझा पार्टीले खनालको उपचारका लागि सरकारले उपलब्ध गराएको रकमको विवरण माग गर्दै पत्र दर्ता गराएको छ।
खनाललाई नेपालको पूर्वप्रधानमन्त्री र नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेताको रूपमा सम्मान गर्ने, आवश्यक परे नागरिकस्तरमा उनको स्वास्थ्योपचार खर्च जुटाउन पहल गर्न तयार रहेको भन्दै विवेकशील साझाले गैरकानुनी रुपमा खर्च वितरण नगर्ने सचेत गराएको छ।
खनालको उपचारका निम्ति सरकारले कति रकम कुन मितिको मन्त्रिपरिषद्को निर्णयबाट निकासा गरेको हो?, जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० विपरीत यो रकम निकासा कुन कानुनमा टेकेर गरिएको हो? र एमाले अध्यक्ष केपी शर्मा प्रधानमन्त्री हुँदा चियापान, खाजा, नास्ता लगायत कुन कुन शीर्षकमा बालुवाटारमा रहेको सरकारी निवासले कति खर्च गर्यो ? भन्ने विवरण समेत माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।