काठमाडाैं- हास्य कलाकार पल्पसा ढंगोल 'चम्सुरी'ले मिर्गौला पाउने भएकी छन्। झण्डै पाँच वर्षदेखि मिर्गौलाको समस्याबाट पीडित डंगोलले मिर्गौला पाउने भएकी हुन्। उनी दुवै मिर्गौला फेल भएपछि हाल टिचिङ अस्पतालमा उपचार गराइरहेकी छन्।
पल्पसाको अवस्था थाहा पाएपछि उनलाई सहयोग गर्न विभिन्न व्यक्ति र संघसंस्था जुर्मुराएका थिए। तर, उनले आफूलाई आर्थिक सहयोग आवश्यक नपरेको भन्दै प्रत्यारोपणका लागि मिर्गौला चाहिएको बताएकी थिइन्।
यो कुरा थाहा पाउनेबित्तिकै उनका धेरै फ्यानहरु मिर्गौला दिन तयार भएका थिए। तर, नेपालको कानुनले हाडनाता सम्बन्ध भएका मानिसले मात्रै मिर्गौला दिन पाइने व्यवस्था गरेको छ।
त्यसैले हाडनाता सम्बन्धबाटै उनले मिर्गौला पाएकी छन्। आफन्तबाटै मिर्गौला दिन पाँच जना आएको पल्पसाका भाइ राजुले जानकारी दिएका छन्। अहिले मिर्गौला दाताको स्वास्थ्य, ब्लड ग्रुपलगायतको परीक्षण भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।