काठमाडौं– पार्टी एकता जोगाउन भनेर सक्रिय भएका नेकपा एमालेका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ। फुटको बिन्दुमा पुगेको पार्टीको एकता जोगाउन भन्दै सक्रिय भएका तेस्रो तहका नेता (सांसद)हरुको सक्रियतामा सिंहदरबारमा बैठक सुरु भएको हो।
तेस्रो पुस्ताका नेता एवम् सांसद यज्ञराज सुनुवारसहित अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षका ६/६ गरी १२ जना सांसदले अघिल्लो हप्तादेखि पार्टी एकताको प्रयासका लागि छलफल थालेका थिए।
अघिल्लो बुधबार (साउन ६ गते)को छलफलमा सक्रिय भएका नेताहरुकै पहलमा आइतबार सिंहदरबारमा बैठक बसेको हो।
आइतबार दिउँसोदेखि सुरु भएको बैठकमा एकता कार्यदलका ९ जना नेताहरु पनि उपस्थित रहेका जनाइएको छ। बैठकमा करिब २७ जना सांसदहरु सहभागिगता रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।