काठमाडाैं- नायिका दीपिका प्रसाईं, बुटिक उद्घाटनका लागि धनगडी पुगेकी छन्। उनी निर्देशक तथा उनका श्रीमान् दिवाकर भट्टराईका साथ बुटिक उद्घाटन गर्न धनगडी पुगेकी हुन्।
शनिबारदेखि सञ्चालनमा आएको बुटिक उद्घाटन कार्यक्रममा दीपिका खुसी देखिइन्। आफैं जन्मिएको ठाउँमा बुटिक उद्घान गर्न पाउँदा निकै खुसी लागेको उनको भनाइ थियो। बुटिकले सफलता पाउने विश्वास पनि उनले व्यक्त गरिन्।
झण्डै ७० लाख रुपैयाँको लगानीमा धनगडीकै ठूलो बुटिक सञ्चालनमा आएको सञ्चालकको भनाइ छ।
नायिका दीपीका र उनका श्रीमान् मिलेर नयाँ फिल्ममा काम गरिरहेका छन्। सम्पूर्ण निर्माण टोली भारतबाट झिकाएका दिवाकरले फिल्मको नायक पनि भारतीय नै रोजेका छन्।
छायांकनका लागि नेपाल आए पनि कोभिडका कारण अहिले उनीहरु आफ्नै देश फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।