राज कुन्द्राको पोर्न केसमा नयाँ मोड आउने क्रम जारी छ। मुम्बई प्रहरीले जुलाई २७ सम्म न्यायिक हिरासतको माग गरेको छ। प्रहरी प्रमाण जुटाउन जोडतोडले लागेको छ। यही क्रममा नयाँ कुराहरु अगाडि आइरहेका छन्।
सोधपुछको सिलसिलामा राज कुन्द्राका चार जना कर्मचारीले बयान दिएका छन्। उनीहरुले बयानका क्रममा धेरै कुरा लुकाएको बताइएको छ। क्राइम ब्रान्चका प्रहरीले यी चार जनाले राजको काममा ठूलो भूमिका निभाएको उल्लेख गरिएको छ।
यता अभिनेत्री शिल्पा सेट्टीले भने श्रीमानको बचाउ गरेकी छन्। उनले पोर्न भिडियो नभइ एराटिक भिडियो बनाएको बताएकी छन्।
क्राइम ब्रान्चले शुक्रबार शिल्पासँगै उनका पतिलाई राखेर सोधपुछ गरेको थियो। सोधपुछका छ घण्टाको समयमा शिल्पाले आफ्ना पति निर्दोष रहेको उल्लेख गरेकी हुन्।
शिल्पाले यो विषयमा राजका आफन्त प्रदीप बख्शीलाई दोशी ठहर्याएकी छन्। न्यायिक हिरासतमा रहेका राज कुन्द्राले पनि आफ्नो गिरफ्तारीविरुद्ध मुम्बईको उच्च न्यायलयमा मुद्दा दायर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।