• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेका दोस्रो पुस्ताका १० नेताको पनि मूल्यांकन हुने बेला हो यो: यज्ञराज सुनुवार [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, साउन १०, २०७८  १४:५७
1140x725

काठमाडौं– नेकपा (एमाले)का प्रतिनिधि सभाका केही सदस्यहरूले एकता अभियान सञ्चाल गरेका छन्। त्यो अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकामध्ये एक हुन् यज्ञराज सुनुवार। पार्टीमा फरक मत सिर्जना गर्ने विषय (प्रतिनिधि सभा विघटन) किनारा लागिसकेकाले अब आगामी दिनमा एउटै विचारका साथ सँगै अघि बढ्नुपर्ने उनी बताउँछन्। 

एमालेको एकताका लागि बनेको कार्यदलले तयार पारेको १० बुँदेलाई त्यसको कडी बनाउनुपर्ने उनको धारणा छ। आफूले निर्माण गरेको उक्त सहमतिमा शीर्ष नेतृत्वलाई ल्याउनुपर्ने चुनौती कार्यदलमा रहेको १० जनामै रहेको उनी बताउँछन्। 

उनको भनाइ छ, ‘कार्यदलमा रहेका १० जनालाई पनि यो चुनौती छ। पहिलो पुस्तालाई गाली गरेर मात्रै भएन, तपाईंहरूले त्यो तयार गर्नुभयो, अडिनुहोस्। सहमत गराउनुहोस्। अझै नथाक्नुहोस्। तपाईंहरूको कार्यक्षमताको मूल्यांकन हुने बेला हो।’

नेपाल लाइभको समय संवादमा कुरा गर्दै उनले शीर्ष नेतृत्वलाई उत्तेजित बनाउन सक्रिय केही व्यक्तिका कारण पनि एकताको माहोल बिग्रिएको बताए। पार्टीलाई फुटबाट जोगाउन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा भोट नहाल्ने १० जना नेतामा सुनुवार पनि थिए। उनीसँग गरिएको संवादको सारसंक्षेप उनकै शब्दमा:

एकता अभियान किन?
तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि हामी संसद् जोगाउनुपर्छ, व्यवस्था जोगाउनुपर्छ भन्ने लाइनमा उभियौं। अर्को सरकार बन्ने आधार थिएन, त्यसैले विघटन स्वभाविक हो भनेर केही साथीहरू त्यता उभिए। अहिले संसद् जोगिएको अवस्था छ। अब पार्टी जोगाउनुपर्छ भन्ने उद्देश्यसहित सुदृढ एकताका लागि यो भूमिका खेल्न आवश्यक छ। त्यसैले हामीले आफ्नो तहबाट एकता अभियान थालेका हौं। अहिले सुदृढ एकतासहितको एमाले बनाउन सकेनौं भने ठूलो असर राष्ट्रिय राजनीतिमा पर्छ। 

यो युगिन आवश्यकता हो। पार्टी सदस्य र सांसद भएका हिसाबले यो हाम्रो कार्यभर पनि हो। एकताका पक्षमा हामी बिहीबार १५ जना जम्मा भयौं। पर्सि संख्या बढ्नेछ। हामी एकता कार्यदलका संयोजकद्वय भीम रावल र सुवासचन्द्र नेम्वाङलाई बोलाएर छलफल गर्दछौं। त्यही १० बुँदेलाई आधार बनाएर एकता अगाडि बढाउनुपर्छ भनेर लागिरहेका छौं। 

नेकपा (एमाले)को जीवनमा जुन समस्या देखापर्‍यो, त्यो राजनीतिक कारण संसदमा त्यसको असर परिरहेको छ। एकता सबैको मनमा छ, हुनुपर्छ भन्ने भावना पनि छ। ९५ प्रतिशत भन्दा बढी एमालेका कार्यकर्ता एकता चाहन्छन्।

दोस्रो पुस्ताको मूल्यांकन
नेकपा (एमाले)लाई एकठाउँ ल्याउन कार्यदल बनेको छ। त्यसमा दोस्रो पुस्ताका १० जना नेताहरू हुनुहुन्छ। कार्यदलमा रहेका १० जनालाई पनि अहिले चुनौती छ। 

Ncell 2
Ncell 2

तपाईंहरूले पहिलो पुस्तालाई गाली गरेर मात्रै भएन, तपाईंहरूले त्यो तयार गर्नुभयो, अडिनुहोस् र सहमत गराउनुहोस्। अझै नथाक्नुहोस्। तपाईंहरूको कार्यक्षमताको मूल्यांकन हुने बेला हो। त्यसैले यसलाई पूरा गर्नुहोस्।

दशबुँदेको व्याख्या आ–आफ्नो तरिकाले नहोस्। अहिले १० जना एक ठाउँ उभिने कि नउभिने तपाईंहरूमाथि पनि प्रश्न छ। सहमति भएपछि त्यसको स्वमित्व नलिने कुरा पनि गलत हो र एकपक्षीय बैठक राखेर अघि बढ्ने कुरा पनि गलत हो। 

समृद्धिको नेतृत्व अर्को पुस्तालाई
पहिलो पुस्ताले राजनीतिक परिवर्तनको नेतृत्व गर्‍यो, त्यसका लागि सलाम छ। अझै पनि तपाईंहरू मिल्नुहुन्छ भने हामी तपाईं अन्तर्गत रहेर काम गर्न तत्पर छौं। तपाईंहरूमा त्यो खालको तात्पर्यता, तयारी, इच्छाशक्ति देखिएन भने दोस्रो वा तेस्रो पुस्तालाई हस्तान्तरण गर्न तया हुनुहोस्।

तपाईंहरूले राजनीतिक क्रान्तिको नेतृत्व गर्नुभयो, अब समृद्धिको नेतृत्व गर्न अर्को पुस्तालाई दिनुहोस्। तपाईंहरूलाई सर्वोच्च ठाउँमा राखौंला। तपाईंकै छत्रछायाँमा कार्यकारी नेतृत्व अर्को पुस्ताका नेताहरूल गर्छन्। यसरी भएपनि पार्टीलाई एकताबद्ध बनाउनुपर्छ। 

एकताका लागि सवभन्दा लचकता नेतृत्व तहमा चाहिन्छ। पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जनता र कार्यकर्ताको भावनालाई मध्यनजर गरेर एकताका लागि तयार हुनुपर्छ।

उत्तेजित पार्ने र अनेकतामा रमाउनेहरू
हामी विगत डेढ वर्षदेखि हामी चयनले सुत्न पाएका छैनौं। कतिपय यसैमा रमाइरहेका छन्। अनेकतामा रमाउने तुच्छ भावना भएकाहरू अनेक स्वार्थ लिएकाहरू हुन्। उनीहरूले नेतृत्व मिल्दा अवसर पाउँदैनन्। उनीहरूसँग प्रतिष्पर्धा गर्न आँट छैन। 

मिल्दा आफूभन्दा प्रतिभाशाली र क्षमतावानसँग प्रतिष्पर्धा गर्नुपर्छ, पछि परिन्छ भन्ने डर छ। त्यसैले नेतृत्वलाई उत्तेजित बनाउने काम गरिरहेका छन्। उनीहरू  गलत रिर्पाेटिङ गरिरहेका छन्। त्यसले पनि असर पारिरहेको छ। 

आत्मसमीक्षा गरौं, एकतातर्फ लागौं
नेताहरू फरक–फरक ठाउँमा उभिँदा त्यसको क्षति जनता र कार्यकताले ब्यहोरेका छन्। त्यसैले अब नेतृत्व तहले एकपल्ट आत्मसमीक्षा गर्नुपर्छ। बार्दलीबाट बर्बराउनु उपयुक्त थिएन, दुर्भाग्यपूर्ण हो। देशको नेतृत्व गरेको व्यक्तिले त्यस्तो मञ्चमा एकताको सन्देश दिँदा हाइट बढ्थ्यो। बार्दली वक्तव्यले राजनीतिक हाइट बढाएको छैन। यता माधव नेपालसँग पनि हाम्रा कयौं असन्तुष्टि छन्। 

ओली र नेपालबीच सम्बन्ध ४० वर्ष लामो छ। सँगै हिँड्दा उतारचढाव आए होलान्, आक्रोशित भएर वा कुण्ठा पालेर समस्या समाधान हुँदैन। पार्टी एकताका लागि सकरात्मक हुँदा उहाँहरू दुवैको मान बढ्छ। मन मिल्दा सकारात्मक नै सका

रात्मक देखिने भिन्नता आउँदा नकरात्मक नै नकरात्मक देख्ने प्रवृत्ति गलत हो। हामी अझै एकतको सम्भावना देखिरहेका छौं। तपाईंहरूले पनि देख्नुपर्छ।

सुनुवारसँग गरिएको पूरा संवाद हेर्नुहोस्: 

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड चुनाव हुँदैन, तयारी पुगेको छैन जस्ता कुरा गरेर अब हुँदैन । यो सरकारले २१ फागुनमा चुनाव गराउन सक्छ, प्रधानमन्त्री सुशीला कार्कीको नेत... बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई टाइम्स अफ इन्डियासँगको विशेष कुराकानीमा भट्टराईले नेपाल अझै पनि सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको र यहाँका राजनीतिक संस्थाहरू पूर्... बुधबार, पुस १६, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई यो वेला हामीले गम्भीर समीक्षा गरी सही निकास दिनको लागि पनि धैर्यता आवश्यक रहेको उनले बताए । बुधबार, पुस १६, २०८२
ताजा समाचारसबै
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन बिहीबार, पुस १७, २०८२
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस बिहीबार, पुस १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
लिची बगान जग्गा हिनामिनामा पूर्वमन्त्री गुप्ता थुनामा बिहीबार, पुस १७, २०८२
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्