काठमाडौं– नेकपा (एमाले)का तेस्रो तहका नेताहरूले विघटित कार्यदलका संयोजकसँग छलफल गर्ने भएका छन्।
दिउँसो एक बजे संसद् सचिवालय सिंहदरबारमा कार्यदल संयोजकद्वय भीम रावल र सुवासचन्द्र नेम्वाङसँग छलफल गरिने एमाले नेता यज्ञराज सुनुवारले बताए।
एमालेभित्रको विवाद समाधान र पार्टी एकताका लागि दबाब दिन विघटित कार्यदलका संयोजकसँग छलफल गर्न लागिएको सुनुवारले बताए।
यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका तेस्रो तहका नेताहरूले एमाले विभाजित भए आफूहरू कुनै पक्षमा नलाग्ने बताइसकेका छन्।
उनीहरूले एमाले एकताका लागि दबाब दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।