काठमाडौं- महन्थ ठाकुरको निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश कुमार रेग्मीको इजलासलासमा सो निवेदनमाथि सुनुवाइ हुन लागेको हो। ठाकुरको निवेदनमाथिको सुनुवाइ इजलास नम्बर ९ को अन्तिममा राखिएको छ।
केही दिनअघि निर्वाचन आयोगले जसपाको विवाद 'हेड काउन्ट'मार्फत सुल्झाउने निर्णय लिएपछि ठाकुर सर्वोच्च अदालत पुगेका थिए। आयोगले ११ गते जसपाका कार्यकारिणी सदस्यहरुलाई साउन ११ गते आयोगमा बोलाएको छ। त्यसअघि नै ठाकुर पक्ष सर्वोच्च पुगेको हो।
जसको सुरुवाती केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर पक्ष कमजोर छ। त्यही कारण उनले गत जेठमा उपेन्द्र यादव पक्षका केहीलाई निष्काशित गरी आफ्ना पक्षका सदस्य थपेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।