काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले सासद तथा कार्यकारिणी समितिको बैठक बोलाएको छ।
आइतबार दिउँसो १ बजे पार्टी कार्यलय वालकुमारीमा बस्ने गरी बैठक बोलाइएको एक नेताले बताए।
निर्वाचन आयोगले कार्यकारिणी सदस्य गनेर पार्टी विवाद टुंग्याउने तयारी गरेको अवस्थामा बैठक बस्न लागेको हो।
आजको बैठकमा पार्टी अध्यक्षसहित शीर्ष नेताहरुले समसामयिक राजनीति, पार्टीले लिने नीति बिचार तथा किन सरकार जान लागेकोलगायत विषयमा सासद र कार्यकारिणी समिति सदस्यलाई ब्रिफिङ गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।