काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को महन्थ राजेन्द्र पक्षले कार्यकारिणी समिति बैठक बोलाएको छ। महन्थ पक्षले पार्टी कार्यालय बबरमहलमा आइतबार अपराह्न ५ बजेका लागि बैठक बोलाएको जसपाका एक नेताले बताए।
पार्टीभित्रको विवादबारे निर्णय गर्न निर्वाचन आयोगले सबै कार्यकारिणी सदस्यलाई उपस्थित हुन भनेसँगै सो पक्षको बैठक बस्न लागेको हो।
निर्वाचन आयोगले दुबै पक्षका कार्यकारिणी सदस्यलाई भोलि (सोमबार) सिबहमान ११ बजे नागरिकतासहित निर्वाचन आयोगमा उपस्तिथ हुन निर्देशन दिएको छ। कुल ५१ कार्यकारिणी समिति सदस्यमध्ये महन्थ राजेन्द्र २० भएको दाबी गरेका छन्। तर उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले आफूसँग ३२ जना कार्यकारिणी सदस्य भएको बताउँदै आएको छ।
‘पार्टीको आधिकारिकता उपेन्द्र बाबुराम पक्षले पाउने निश्चित भयो,’ महन्थ पक्षका एक नेताले भने, ‘हामीले पार्टी आधिकारिकता नपाएपछि नयाँ दल दर्ता गर्नुपर्ने हुन सक्छ। आजको बैठकमा यही विषयमा छलफल हुनेछ।’ पार्टी एक हुन नसक्ने बताउँदै उनले भने, ‘दलको आधिकारिकता पाएपछि उपेन्द्र बाबुराम पक्षले कस्तो व्यहार देखाउँछ त्यसै अनुसार हामी अघि बढ्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।