• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेको बाहुबलीकरण : लोकतान्त्रिक छवि नै धमिल्याउने ‘युवादस्ता’ मोह

64x64
किशोर दहाल शनिबार, साउन ९, २०७८  २२:२९
1140x725

काठमाडौं- ‘हामीमाथि कसैले आक्रमण गर्‍यो भने, हाम्रा नेता तथा कार्यकर्तामाथि कसैले षडयन्त्र गर्‍यो भने, कसैले धावा बोल्यो भने हामी शान्तिपूर्ण तरिकाले सम्झाउँछौं। मुखले सम्झाउँछौं। मलाई लाग्छ, मुखले सम्झाउँदै काफी हुन्छ। यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीँ हातगोडाले पनि सम्झाउनुपर्ने हुनसक्छ।'

शनिबार युथ फोर्सको ‘भ्याली कमाण्ड’ घोषणा कार्यक्रममा एमाले नेता तथा सांसद् महेश बस्नेतले यस्तो फर्मान जारी गरे। एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघअन्तर्गतको युथ फोर्सको यो कमाण्डको घोषणाअघि राजधानीका विभिन्न स्थानमा र्‍याली आयोजना गरिएको थियो। त्यसका लागि मोटरसाइकलसहित ठूलो संख्यामा कार्यकर्ताहरु तैनाथ थिए।

कार्यक्रममा आधा घण्टाजति भाषण गरेका बस्नेतले युथ फोर्सले कानुन हातमा नलिने आशय पटकपटक दोहोर्‍याए। तर, क्रमिक रुपमा एमालेकै माधवकुमार नेपाल, विभिन्न पार्टीका नेताहरु, बौद्धिक समूह, मिडियाकर्मी लगायतलाई धम्कीको भाषा बोल्न छाडेनन्। विभिन्न सन्दर्भमा ‘प्रतिरोध गर्छौं’ र ‘तह लगाउँछौं’ भनिरहे।

एमालेमा केही हप्तायता बाहुबली संगठनको घोषणा गर्ने क्रम सुरु भएको छ। सर्वोच्च अदालतको असार २८ गतेको फैसलाबाट केपी शर्मा ओलीले प्रधानमन्त्री पद गुमाउन पुगेपछि उनी निकटबाटै यसको सुरुवात भएको हो। कुनै समय राजनीतिक भिडन्त र आतंकको कारण आलोचित बनेको ‘युथ फोर्स’लाई असार २९ मै ब्युँताइयो। र, भोलिपल्टै ओलीलाई ठूलो भिडसहित ‘सुरक्षा दिँदै’ बालकोट पुर्‍याइयो। त्यसक्रममा उनीहरुले एमालेका वरिष्ठ नेता नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायतका विरुद्ध अभद्र नाराबाजी लगाए।

उनीहरुले माधव नेपालको पुत्ला जलाउने जस्ता उत्तेजक गतिविधि गर्न थालेका छन्। राजनीतिक रुपमा ओलीले लिएको बाटो पराजित भएपछि आफ्नो वैकल्पिक बाटोको परिचय दिने थालनी थियो, त्यो।

सडकमा यस्ता फोर्सहरु देखिएका छन्। तर, उनीहरुसँग राजनीतिक नारा र मुद्दा छैन। होहल्ला गर्ने शैली पुरानै हुन्, अब त बाँदरको भेषमा प्रदर्शन गर्न थालिएको छ।

ओली निकटको ‘फोर्स’ जन्मिएको केही दिनमै वरिष्ठ नेता नेपालपक्षका विद्यार्थीहरुले ‘अखिल फोर्स’ नामक संगठन घोषणा गरे। साउन ७ गते मात्रै ‘पिलुल्स भोलेन्टियर’ नामको अर्को ‘फोर्स’ घोषणा गरेको छ नेपालपक्षले। साउन ५ मै ओलीपक्षीय एमाले नेता प्रभु साहको सक्रियतामा ‘आईटी आर्मी’ घोषणा गरिएको छ। शनिबार फेरि युथ फोर्सको भ्याली कमाण्ड घोषणा गरिएको हो। शनिबारकै कार्यक्रममा बस्नेतले मधेसमा गएर 'मधेस युथ फोर्स' बनाउने घोषणा पनि गरेका छन्।

एमालेमा ‘फोर्स’हरुको जन्म र पुनर्जन्म त्यतिबेला भइरहेको छ, जतिबेला पार्टी केन्द्र भने लथालिंग छ। केपी शर्मा ओली र माधवकुमार नेपालले नेतृत्व गरेका एमालेका दुई समूह छुट्टिने कि जोडिने भन्ने अन्योलमा छन्। यस्तो बेलामा सडकमा उत्रिएर एमालेको परिचय दिन अग्रसर भएका छन्, ‘बाहुबली’ संगठनहरु। यस्ता संगठनले एमालेको अन्य सबै संगठनको चर्चालाई छायामा पारिदिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सडकमा यस्ता फोर्सहरु देखिएका छन्। तर, उनीहरुसँग राजनीतिक नारा र मुद्दा छैन। होहल्ला गर्ने शैली पुरानै हुन्, अब त बाँदरको भेषमा प्रदर्शन गर्न थालिएको छ। साउन ५ गते युवासंघका कार्यकर्ताहरूले नयाँ बानेश्वरमा बाँदरको मुखुण्डो र पुच्छर मात्रै टाँसेनन्, उस्तै आवाज निकालेर कराउने प्रयाससमेत गरे।

युवाहरुलाई सडकमा बाँदर बनाएर प्रदर्शन गर्न लगाइएकोमा शुक्रबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले असन्तुष्टि व्यक्त गरिन्। पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित प्रवचन कार्यक्रममा उनको भनाइ थियो- ‘मलाई चिन्ता लागेको छ। कस्तो संस्कार हामीले हुर्कायौं? एउटा कम्युनिस्ट पार्टीको नेतृत्व र त्यसको निर्देशनबाट ती युवाहरु विचारका थिए, देशको लागि केही गर्न चाहन्थे, अध्ययनशील थिए, सिर्जनात्मक थिए। तर, बाँदरको रुप बनाएर सडकमा पछार्ने काम भयो। यो काम कम्युनिस्ट आन्दोलनको गलत नेतृत्वबाट भइरहेको छ।‘

‘हामी देखाइदिन्छौं’ भन्दै भाषण र व्यवहार गर्ने यस्ता संगठनका कारण एमालेले लामो मेहनतबाट आर्जन गरेको लोकतान्त्रिक छविमाथि प्रश्न उठेको छ। शनिबार मात्रै ट्विटरमा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले लेखेका छन्- ‘सेना’, ‘फोर्स’ जस्ता अनधिकृत शब्दहरूको रोमाञ्चकताले नेकपा (एमाले) ले निकै मिहिनेत गरेर स्थापित गरेको लोकतान्त्रिक विश्वसनीयतामाथि प्रश्न उठाउने ठाउँ दिन्छ। यस्ता उट्पट्याङ् विषयलाई यथाशीघ्र बन्द गर्नुपर्छ।

1140x725

यस्ता संगठनको घोषणा गर्ने बेलामा निकै आदर्शवादी संगठनको रुपमा प्रस्तुत गर्ने गरिएको पाइन्छ। जस्तो कि, शनिबार भ्याली कमाण्ड घोषणा कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले भने- ‘तपाईंहरुले यो परिवर्तित अवस्थामा अब जनतासँग सम्बन्धित हुने। जनतालाई चित्त नबुझ्ने कुनै पनि काम नगर्ने। जनताले नरुचाएका कुराहरु नगर्ने। जनतालाई कसैले आतंक खडा गर्‍यो भने, जनतामाथि हिंसा थोपर्न खोज्यो भने खबरदारी गर्ने। उत्पादनका कुराहरुसित जोडिने। जनतालाई उत्पादन कार्यमा सहयोग पुर्‍याउने। रोजगारी र स्वरोजगारीका कुराहरु के-के हुनसक्छन्, हो त्यसको पक्षमा अभियान चलाउने। अनियमितता र भ्रष्टाचारका कुराहरु हुन्छन् भने त्यसका विरुद्धमा खबरदारी गर्ने। यो काम पनि तपाईंहरुले गर्नुपर्दछ।'

यथार्थमा यस्ता संगठनको मुख्य उद्देश्य बाहुबली प्रदर्शन गर्नु नै हुने गरेको विगतको अनुभव र हालैका क्रियाकलापले पनि छर्लंग पार्छन्। उत्तेजक नारा जुलुसका साथ सडकमा प्रदर्शन गर्ने, बाइक र्‍याली गर्ने, तोडफोड गर्ने, कुटपिट गर्ने जस्ता कामहरुका लागि यस्ता संगठन परिचालित हुने गरेका छन्। सिर्जनशीलताका अनेक प्रतिबद्धता व्यक्त गरिए पनि ती भनुञ्जेलीलाई मात्रै हुने गरेका छन्। सडकमा उत्रिँदा ‘आर्यघाटले के भन्छ, फलानोलाई ले भन्छ’, ‘फलानो चोर, देश छोड’, ‘अघि बढ फलानो, ज्यान दिन तयार छौं’ जस्ता नारा र पुत्ला दहनले उनीहरुलाई खुइल्याइसक्छ। आपराधिक र अराजनीतिक बनाइसक्छ।

1140x725

अनेरास्ववियुको नेतृत्व गरिसकेका एमाले सचिव योगेश भट्टराई अराजनीतिक चरित्रका यस्ता संगठनहरु तत्काल खारेज गर्नुपर्ने बताउँछन्। ‘ऐतिहासिक र गौरवशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौं युवाहरुलाई राजनीतिक/ वैचारिक शिक्षामार्फत् पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्‍याएका अनेरास्ववियु र युवा संघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स, अखिल फोर्सको औचित्य के छ? समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ,’ उनले फेसबुकमा लेखेका छन्।

उनले युवासंघ र अनेरास्ववियुले गर्न नसक्ने तर युथ फोर्स र अखिल फोर्सले मात्र गर्न सक्ने के काम हुन्छ भन्ने प्रश्न पनि गरेका छन्। ‘पार्टीभित्रका गुटहरुमा वैचारिक चरित्र सकिँदै जाँदा एक अर्काका विरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैंले खनिरहेको स्वीकार गर्नुपर्दछ,’ उनको भनाइ छ, ‘शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरक मतलाई फक्रन दिने जस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होइन।’

पछिल्लो शृंखला

  • सर्वोच्च अदालतको असार २८ को फैसलाबाट आक्रोशित नेकपा एमालेको केपी शर्मा ओली पक्षले असार २९ मा ‘युथ फोर्स’ ब्युँतायो। युवा संघका इन्चार्ज महेश बस्नेतले पत्रकार सम्मेलन आयोजना गरेर ‘युथ फोर्स’ ब्युँताएक हुन्। सो संगठनको प्रमुखमा क्षितिज थेवे र उपप्रमुखमा पुष्प श्रेष्ठ चयन भए।
  • एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ‘अखिल फोर्स’ घोषणा गर्‍यो। असार ३१ गते तपेन्द्रजंग शाहीको नेतृत्वमा गठन गरिएको यो फोर्स ‘युथ फोर्स’लाई काउन्टर दिन गठन गरिएको हो।
  • साउन ५ गते एमाले नेता प्रभु साहको सक्रियतामा ‘आईटी आर्मी’ घोषणा।
  • नेपालपक्षबाटै साउन ७ गते ‘पिलुल्स भोलेन्टियर’ घोषणा गरियो। भोलेन्टियरको अध्यक्षमा शिव श्रेष्ठ र सचिवमा मनोज खत्री छन्। यसको पनि उद्देश्य युथ फोर्सलाई काउन्टर दिनु हो।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  २२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्