• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेको बाहुबलीकरण : लोकतान्त्रिक छवि नै धमिल्याउने ‘युवादस्ता’ मोह

64x64
किशोर दहाल शनिबार, साउन ९, २०७८  २२:२९
1140x725

काठमाडौं- ‘हामीमाथि कसैले आक्रमण गर्‍यो भने, हाम्रा नेता तथा कार्यकर्तामाथि कसैले षडयन्त्र गर्‍यो भने, कसैले धावा बोल्यो भने हामी शान्तिपूर्ण तरिकाले सम्झाउँछौं। मुखले सम्झाउँछौं। मलाई लाग्छ, मुखले सम्झाउँदै काफी हुन्छ। यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीँ हातगोडाले पनि सम्झाउनुपर्ने हुनसक्छ।'

शनिबार युथ फोर्सको ‘भ्याली कमाण्ड’ घोषणा कार्यक्रममा एमाले नेता तथा सांसद् महेश बस्नेतले यस्तो फर्मान जारी गरे। एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघअन्तर्गतको युथ फोर्सको यो कमाण्डको घोषणाअघि राजधानीका विभिन्न स्थानमा र्‍याली आयोजना गरिएको थियो। त्यसका लागि मोटरसाइकलसहित ठूलो संख्यामा कार्यकर्ताहरु तैनाथ थिए।

कार्यक्रममा आधा घण्टाजति भाषण गरेका बस्नेतले युथ फोर्सले कानुन हातमा नलिने आशय पटकपटक दोहोर्‍याए। तर, क्रमिक रुपमा एमालेकै माधवकुमार नेपाल, विभिन्न पार्टीका नेताहरु, बौद्धिक समूह, मिडियाकर्मी लगायतलाई धम्कीको भाषा बोल्न छाडेनन्। विभिन्न सन्दर्भमा ‘प्रतिरोध गर्छौं’ र ‘तह लगाउँछौं’ भनिरहे।

एमालेमा केही हप्तायता बाहुबली संगठनको घोषणा गर्ने क्रम सुरु भएको छ। सर्वोच्च अदालतको असार २८ गतेको फैसलाबाट केपी शर्मा ओलीले प्रधानमन्त्री पद गुमाउन पुगेपछि उनी निकटबाटै यसको सुरुवात भएको हो। कुनै समय राजनीतिक भिडन्त र आतंकको कारण आलोचित बनेको ‘युथ फोर्स’लाई असार २९ मै ब्युँताइयो। र, भोलिपल्टै ओलीलाई ठूलो भिडसहित ‘सुरक्षा दिँदै’ बालकोट पुर्‍याइयो। त्यसक्रममा उनीहरुले एमालेका वरिष्ठ नेता नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायतका विरुद्ध अभद्र नाराबाजी लगाए।

उनीहरुले माधव नेपालको पुत्ला जलाउने जस्ता उत्तेजक गतिविधि गर्न थालेका छन्। राजनीतिक रुपमा ओलीले लिएको बाटो पराजित भएपछि आफ्नो वैकल्पिक बाटोको परिचय दिने थालनी थियो, त्यो।

सडकमा यस्ता फोर्सहरु देखिएका छन्। तर, उनीहरुसँग राजनीतिक नारा र मुद्दा छैन। होहल्ला गर्ने शैली पुरानै हुन्, अब त बाँदरको भेषमा प्रदर्शन गर्न थालिएको छ।

ओली निकटको ‘फोर्स’ जन्मिएको केही दिनमै वरिष्ठ नेता नेपालपक्षका विद्यार्थीहरुले ‘अखिल फोर्स’ नामक संगठन घोषणा गरे। साउन ७ गते मात्रै ‘पिलुल्स भोलेन्टियर’ नामको अर्को ‘फोर्स’ घोषणा गरेको छ नेपालपक्षले। साउन ५ मै ओलीपक्षीय एमाले नेता प्रभु साहको सक्रियतामा ‘आईटी आर्मी’ घोषणा गरिएको छ। शनिबार फेरि युथ फोर्सको भ्याली कमाण्ड घोषणा गरिएको हो। शनिबारकै कार्यक्रममा बस्नेतले मधेसमा गएर 'मधेस युथ फोर्स' बनाउने घोषणा पनि गरेका छन्।

एमालेमा ‘फोर्स’हरुको जन्म र पुनर्जन्म त्यतिबेला भइरहेको छ, जतिबेला पार्टी केन्द्र भने लथालिंग छ। केपी शर्मा ओली र माधवकुमार नेपालले नेतृत्व गरेका एमालेका दुई समूह छुट्टिने कि जोडिने भन्ने अन्योलमा छन्। यस्तो बेलामा सडकमा उत्रिएर एमालेको परिचय दिन अग्रसर भएका छन्, ‘बाहुबली’ संगठनहरु। यस्ता संगठनले एमालेको अन्य सबै संगठनको चर्चालाई छायामा पारिदिएका छन्।

Ncell 2
Ncell 2

सडकमा यस्ता फोर्सहरु देखिएका छन्। तर, उनीहरुसँग राजनीतिक नारा र मुद्दा छैन। होहल्ला गर्ने शैली पुरानै हुन्, अब त बाँदरको भेषमा प्रदर्शन गर्न थालिएको छ। साउन ५ गते युवासंघका कार्यकर्ताहरूले नयाँ बानेश्वरमा बाँदरको मुखुण्डो र पुच्छर मात्रै टाँसेनन्, उस्तै आवाज निकालेर कराउने प्रयाससमेत गरे।

युवाहरुलाई सडकमा बाँदर बनाएर प्रदर्शन गर्न लगाइएकोमा शुक्रबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले असन्तुष्टि व्यक्त गरिन्। पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित प्रवचन कार्यक्रममा उनको भनाइ थियो- ‘मलाई चिन्ता लागेको छ। कस्तो संस्कार हामीले हुर्कायौं? एउटा कम्युनिस्ट पार्टीको नेतृत्व र त्यसको निर्देशनबाट ती युवाहरु विचारका थिए, देशको लागि केही गर्न चाहन्थे, अध्ययनशील थिए, सिर्जनात्मक थिए। तर, बाँदरको रुप बनाएर सडकमा पछार्ने काम भयो। यो काम कम्युनिस्ट आन्दोलनको गलत नेतृत्वबाट भइरहेको छ।‘

‘हामी देखाइदिन्छौं’ भन्दै भाषण र व्यवहार गर्ने यस्ता संगठनका कारण एमालेले लामो मेहनतबाट आर्जन गरेको लोकतान्त्रिक छविमाथि प्रश्न उठेको छ। शनिबार मात्रै ट्विटरमा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले लेखेका छन्- ‘सेना’, ‘फोर्स’ जस्ता अनधिकृत शब्दहरूको रोमाञ्चकताले नेकपा (एमाले) ले निकै मिहिनेत गरेर स्थापित गरेको लोकतान्त्रिक विश्वसनीयतामाथि प्रश्न उठाउने ठाउँ दिन्छ। यस्ता उट्पट्याङ् विषयलाई यथाशीघ्र बन्द गर्नुपर्छ।

1140x725

यस्ता संगठनको घोषणा गर्ने बेलामा निकै आदर्शवादी संगठनको रुपमा प्रस्तुत गर्ने गरिएको पाइन्छ। जस्तो कि, शनिबार भ्याली कमाण्ड घोषणा कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले भने- ‘तपाईंहरुले यो परिवर्तित अवस्थामा अब जनतासँग सम्बन्धित हुने। जनतालाई चित्त नबुझ्ने कुनै पनि काम नगर्ने। जनताले नरुचाएका कुराहरु नगर्ने। जनतालाई कसैले आतंक खडा गर्‍यो भने, जनतामाथि हिंसा थोपर्न खोज्यो भने खबरदारी गर्ने। उत्पादनका कुराहरुसित जोडिने। जनतालाई उत्पादन कार्यमा सहयोग पुर्‍याउने। रोजगारी र स्वरोजगारीका कुराहरु के-के हुनसक्छन्, हो त्यसको पक्षमा अभियान चलाउने। अनियमितता र भ्रष्टाचारका कुराहरु हुन्छन् भने त्यसका विरुद्धमा खबरदारी गर्ने। यो काम पनि तपाईंहरुले गर्नुपर्दछ।'

यथार्थमा यस्ता संगठनको मुख्य उद्देश्य बाहुबली प्रदर्शन गर्नु नै हुने गरेको विगतको अनुभव र हालैका क्रियाकलापले पनि छर्लंग पार्छन्। उत्तेजक नारा जुलुसका साथ सडकमा प्रदर्शन गर्ने, बाइक र्‍याली गर्ने, तोडफोड गर्ने, कुटपिट गर्ने जस्ता कामहरुका लागि यस्ता संगठन परिचालित हुने गरेका छन्। सिर्जनशीलताका अनेक प्रतिबद्धता व्यक्त गरिए पनि ती भनुञ्जेलीलाई मात्रै हुने गरेका छन्। सडकमा उत्रिँदा ‘आर्यघाटले के भन्छ, फलानोलाई ले भन्छ’, ‘फलानो चोर, देश छोड’, ‘अघि बढ फलानो, ज्यान दिन तयार छौं’ जस्ता नारा र पुत्ला दहनले उनीहरुलाई खुइल्याइसक्छ। आपराधिक र अराजनीतिक बनाइसक्छ।

1140x725

अनेरास्ववियुको नेतृत्व गरिसकेका एमाले सचिव योगेश भट्टराई अराजनीतिक चरित्रका यस्ता संगठनहरु तत्काल खारेज गर्नुपर्ने बताउँछन्। ‘ऐतिहासिक र गौरवशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौं युवाहरुलाई राजनीतिक/ वैचारिक शिक्षामार्फत् पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्‍याएका अनेरास्ववियु र युवा संघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स, अखिल फोर्सको औचित्य के छ? समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ,’ उनले फेसबुकमा लेखेका छन्।

उनले युवासंघ र अनेरास्ववियुले गर्न नसक्ने तर युथ फोर्स र अखिल फोर्सले मात्र गर्न सक्ने के काम हुन्छ भन्ने प्रश्न पनि गरेका छन्। ‘पार्टीभित्रका गुटहरुमा वैचारिक चरित्र सकिँदै जाँदा एक अर्काका विरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैंले खनिरहेको स्वीकार गर्नुपर्दछ,’ उनको भनाइ छ, ‘शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरक मतलाई फक्रन दिने जस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होइन।’

पछिल्लो शृंखला

  • सर्वोच्च अदालतको असार २८ को फैसलाबाट आक्रोशित नेकपा एमालेको केपी शर्मा ओली पक्षले असार २९ मा ‘युथ फोर्स’ ब्युँतायो। युवा संघका इन्चार्ज महेश बस्नेतले पत्रकार सम्मेलन आयोजना गरेर ‘युथ फोर्स’ ब्युँताएक हुन्। सो संगठनको प्रमुखमा क्षितिज थेवे र उपप्रमुखमा पुष्प श्रेष्ठ चयन भए।
  • एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ‘अखिल फोर्स’ घोषणा गर्‍यो। असार ३१ गते तपेन्द्रजंग शाहीको नेतृत्वमा गठन गरिएको यो फोर्स ‘युथ फोर्स’लाई काउन्टर दिन गठन गरिएको हो।
  • साउन ५ गते एमाले नेता प्रभु साहको सक्रियतामा ‘आईटी आर्मी’ घोषणा।
  • नेपालपक्षबाटै साउन ७ गते ‘पिलुल्स भोलेन्टियर’ घोषणा गरियो। भोलेन्टियरको अध्यक्षमा शिव श्रेष्ठ र सचिवमा मनोज खत्री छन्। यसको पनि उद्देश्य युथ फोर्सलाई काउन्टर दिनु हो।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  २२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्