काठमाडाैं- बलिउड कलाकार शिल्पा सेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रालाई थप चार दिनका लागि न्यायिक हिरासत पठाइएकाे छ।
मुम्बई प्रहरीले प्रहरीले ७ दिनसम्म न्यायिक हिरासतमा राख्ने अनुमति मागेपनि अदालतले चार दिन मात्रै दिएको हो। उनलाई २७ जुलाईसम्म न्यायिक हिरासतमा राखिनेछ।
प्रहरीले थप अनुशन्धान गर्न बाँकी रहेको भन्दै न्यायिक हिरासतको माग गरेको थियो। उनले अनलाइन सट्टाबाजीसमेत गरेको आशंकामा थप अनुसन्धान बाँकी छ।
साथै, कुन्द्रा पक्राउ परेपछि केही डाटा डिलिट भएको पाइएको र त्यसको रिकभरीका लागि समय माग गरिएको प्रहरीले जानकारी दिएकाे भारतीय सञ्चार माध्यमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।