काठमाडौं- पति राज कुन्द्रा 'अश्लिल चलचित्र' निर्माण प्रकरणमा पक्राउ परेसँगै यतिबेला अभित्रेनी शिल्पा सेट्टीपनि सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेकी छिन्। सामाजिक सञ्जालमा शिल्पा र राजको नकारात्मकता एकपछि अर्को गरेर खुल्ने क्रम जारी छ।
राजको पोनोग्राफी धन्दा बाहिर आएसँगै शिल्पाले आफ्नो कामलाई निरन्तरता दिन सकेकी छैनन्। यसले उनको स्टारडममै धक्का पुग्नसक्ने अनुमान भारतीय सञ्चारमाध्यमले गरिरहेका छन्।
२३ जुलाई अर्थात् शुक्रबार शिल्पाको दुइ परीक्षा एकै दिन परेको छ। केही दिनदेखि हिरासतमा रहेका कुन्द्राको शुक्रबार नै अदालतमा पेशी छ भने अर्कोतर्फ १४ वर्षपछि शिल्पाले अभिनय गरेको फिल्म हंगामा-२ पनि प्रदर्शनमा आएको छ। शुक्रबारनै शिल्पाको कमब्याक फिल्म ओटीटी प्ल्याटफर्म डिज्नी हटस्टारमा प्रर्दशनमा आएको हो।
लामो समयपछि कमब्याक भएको फिल्मका कारण शिल्पा उत्साहित थिइन्। तर प्रर्दशन मिति नजिकिँदै गर्दा उनको नाम फिल्मका कारण भन्दा श्रीमानको गैरकानुनी कामका कारण चर्चामा आयो।
श्रीमान् पक्राउ परेसँगै उनी सामाजिक सञ्जाल र पापाराजीको आँखाबाट पूर्ण रुपमा गायब भएकी छन्। जसले गर्दा पछिल्लो समय उनले फिल्म प्रचार गर्न सकिनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।