• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सर्वोच्चका दुई आदेशले अन्योलमा कालीगण्डकी डाइभर्सन

64x64
नेपाल लाइभ बुधबार, साउन ६, २०७८  १४:०२
1140x725

काठमाडाैं– एकपछि अर्को विवादमा परेको कालीगण्डकी डाइभर्सन आयोजना सर्वोच्च अदालतको पछिल्लो आदेशपछि थप अन्योलमा परेको छ। सोमबार दुई न्यायाधीशको संयुक्त इजलासको आदेशपछि यो आयोजना बनाउने कि नबनाउनेमा अन्योल सिर्जना भएको हो।

सोमबार न्यायाधीद्वय प्रकाशमानसिंह राउत र हरिप्रसाद फुयाँलको इजलासले आदेश गर्दा उनीहरूबीच राय बाझियो। न्यायाधीश राउतले आयोजना रोक्नुपर्ने पक्षमा अन्तरिम आदेश जारी गरे भने न्यायाधीश फुयाँलले आयोजना रोक्न नहुने पक्षमा आदेश जारी गरे। चार पेजमा विभाजित आदेशले यो मुद्दालाई निकास दिएन नै, बरु झन् कानुनी अन्योलमा पारिदियो। यसअघि एकल इजलासले लिखित जवाफ माग्दै कारण देखाऊ आदेश जारी गरेको थियो भने दोस्रोपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गरेको थियो।

यो विवाद अब पूर्ण इजलासमा जाने भएको छ। अर्को सुनुवाइका लागि ३, ५, ७ वा सोभन्दा धेरै न्यायाधीश संलग्न हुने पूर्ण इजलास गठन गर्नुपर्नेछ। उक्त इजलासले यसलाई निकास दिनेछ। पूर्ण इजलासमा सुनुवाइ नभएसम्म अन्तरिम आदेशको बारेमा निर्णय हुने छैन। यसअघि एकल इजलासबाट अन्तरिम आदेश जारी भएको र संयुक्त इजलासबाट राय बाझिएकाले पूर्णबाट आदेश नआएसम्म कुन आदेश लागू हुने अन्योल भएको छ।

यो पनि पढ्नुहोस्

कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजनामा किन गरियो यस्तो हतारो?मंगलबार, असार १५, २०७८

कालीगण्डकी विवादमा सर्वोच्चमा चार थानभन्दा धेरै निवेदन रहेका छन्। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मादेखि अतिश कार्कीसम्मको रिट सर्वोच्चमा विचाराधीन रहेको छ। कालीगण्डकीसँग सम्बन्धित सबै मुद्दा  एउटै इजलासमा पेसी राख्दै पूर्ण इजलासले सुनुवाइ गर्नुपर्नेछ। यसरी सबै रिट एकै इजलासमा पेस भएपछि पूर्ण इजलासले गर्ने आदेशले  कालीगण्डकी डाइभर्सन आयोजना अघि बढाउने कि नबढाउने भन्ने टुंगो लाग्नेछ।

प्रधानन्यायाधीश राणाको व्याख्या कालीगण्डकी विश्वकै पवित्र नदी

दुई न्यायाधीशको व्याख्या 
न्यायाधीश राउतः  
हजारौं  मानिसको आस्थामा भावानात्मक चोट पुग्ने
न्यायाधीश फुयाँलः  धार्मिक आस्था र विकासबीच समन्वय हुनसक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

Xtrem

Xtrem

दुई प्रदेशबीचमा टकराव : लुम्बिनीमा स्वागत, गण्डकी विरोधमा 
यो परियोजनका बारेमा लुम्बिनी र गण्डकी प्रदेश परस्पर विरोधमा रहेका छन्। लुम्बिनी प्रदेशले (पाल्पा जिल्ला बाहेक)  परियोजनाको स्वागत गरेको छ भने गण्डकी प्रदेश कुनै पनि अवस्थामा बनाउन नदिने भन्दै आएको छ। २०७२ सालमै यो परियोजनाको घोषणा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। उक्त समयमै उनकै सहयात्री पृथ्वी सुब्बा गुरुङले यो आयोजना कार्यान्वयन गरेर देखाउन चुनौती दिएका थिए। 

२०७६ साउनमा बुटवलमा भएको एउटा कार्यक्रमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी-तिनाउ डाइभर्सन जुनसुकै अवस्थामा अघि बढाउनुपर्ने उल्लेख गर्दै लुम्बिनी प्रदेशलाई मनाउने जिम्मा आफ्नो भएको बताएका थिए। पौडेलको उक्त अभिव्यक्तिप्रति टिप्पणी गर्दै गण्डकीका तत्कालीन मुख्यमन्त्री गुरुङले भनेका थिए, ‘कालीगण्डकीको पानी डाइभर्सन गरेर तिनाउ लैजान ब्रह्मा, विष्णु, महेश्वरले पनि सक्दैनन्, पौडेलको त कुरै छाडौं। गण्डकी प्रदेशको सभ्यता झल्काउने कालीगण्डकीको पानी अन्यन्त्र लैजाने विषय सोच्न पनि सकिँदैन।’ 

गुरुङको अभिव्यक्तिमा तत्कालीन समयमा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल तथा स्थानीयले साथ दिएका थिए। पछिल्लो समयमा मुख्यमन्त्री भएका नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेलले पनि त्यसमा साथ दिँदै आएका छन्। यो परियोजनाका कारण ‘लुम्बिनी प्रदेश भर्सेस गण्डकी’को अवस्था सिर्जना भएको छ। 

के हो कालीगण्डकी तिनाउ डाइभर्सन?
परियोजनाअन्तर्गत कालीगण्डकी नदीको ८० प्रतिशत पानी तिनाउ नदी (खोला)मा खसाएर लुम्बिनी प्रदेशको एक लाख सात हजार हेक्टर जमिन सिँचाइ गर्ने तथा १२६ मेगावटको जलविद्युत् आयोजना बनाउने महत्त्वाकांक्षी लक्ष्य लिइएको छ। तर, परियोजनाबारे कुनै औपचारिक अध्ययन नै भएको छैन।

यो पनि पढ्नुहोस्

कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारीबुधबार, असार २३, २०७८

सम्भाव्यता अध्ययनसमेत नभएको परियोजनाको सम्पर्क कार्यालय हतार–हतारमा तत्कालीन अर्थमन्त्री पौडेलले उद्घाटन गरेपछि ‘भोटको राजनीति’ भन्दै चर्को आलोचना भएको थियो।

पाल्पाको परेवाडाँडा र स्याङजाको मलुङ सीमामा बाँध बाधेर २२ किलोमिटर सुरुङ बनाइ कालीगण्डकीको पानी पाल्पाकै दोभानहुँदै बुटवलतर्फ बग्ने तिनाउ खोलामा झार्ने भनी प्रचार गरिएको छ।

योजनाको आवश्यक पूर्वअध्ययन र विस्तृत परियोजना प्रतिवेदनसमेत नबनेको अवस्थामा बुटवलमा यसको कार्यालय खुलेपछि दुई प्रदेशबीचमा द्वन्द्व देखिएको थियो।

यो पनि पढ्नुहोस्

कालीगण्डकी डाइभर्सनका सबै काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश मंगलबार, असार २९, २०७८

यही परियोजनाबाट ११३ मेगावट विद्युत् उत्पादन गर्ने र सोही पानीलाई फेरि अर्को सुरुङबाट पुर्‍याएर सिँचाइमा प्रयोग गर्ने लक्ष्यको प्रचार गरिए पनि यसको कुनै अध्ययन प्रतिवेदन सार्वजनिक भएको छैन।

आयोजना बनेमा पाल्पाको दोभानमा प्रस्तावित पहिलो विद्युत् गृह र रूपन्देहीको बेलवासमा प्रस्तावित दोस्रो विद्युत् गृहबाट कूल १२६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ। यो बहुद्देश्यीय आयोजनाको मुख्य लक्ष्य भने सिँचाइ भएको बताइएको छ। रूपन्देही र कपिलवस्तु जिल्लाको एक लाख सात हजार हेक्टर खेतीयोग्य जमिन सिँचाइ गर्ने लक्ष्य परियोजनाबाट लिइएको छ। 

सुख्खायाममा रूपन्देहीको ५३ हजार र कपिलवस्तुको ५४ हजार गरी जम्मा एक लाख सात हजार हेक्टर जमिन सिञ्चित गर्नेगरी कालीगण्डकीको पानी तिनाउमा लैजान लागिएको आयोजना प्रमुख सन्तोष कैनी बताउँछन्। उनका अनुसार वर्षामा रूपन्देहीको ३६ हजार र कपिलवस्तुको ४९ हजार गरी जम्मा ८५ हजार हेक्टर जमिन सिञ्चित हुनेछ। आयोजनाको लागत विद्युत् उत्पादनमा ६४ अर्ब र सिँचाइ तथा सिञ्चित क्षेत्र विकासमा ७४ अर्ब रूपैयाँ गरी एक खर्ब ३८ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

यो पनि पढ्नुहोस्

कालीगण्डकी डाइभर्सनमा सर्वोच्चको तेस्रो आदेश, न्यायाधीशको राय बाझिदा मुद्दा पूर्ण इजलासमामंगलबार, साउन ५, २०७८

कालीगण्डकी क्षेत्रमा पानीको बहाव हिउँदमा प्रतिसेकेन्ड १०२ घनमिटर हुन्छ। तर, आयोजनाले ८२ घनमिटर पानी ‘डाइभर्ट’ गर्ने लक्ष्य लिएको छ। यसरी ८० प्रतिशत पानी फर्काउने यो आयोजनाका लागि संघीय सरकारले गण्डकी प्रदेश सरकार र स्थानीय तहसँग भने समन्वय नै गरेको छैन। जबकि, उक्त क्षेत्रमा सुरूदेखि नै परियोजनाको विरोध भइरहेको छ।

यो पनि पढ्नुहोस्

कालीगण्डकी डाइभर्सनका सबै काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश मंगलबार, असार २९, २०७८

 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्