काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेको नाममा ललितपुरको सानेपामा १२८४ वर्गमिटरमा फैलिएको २ करोडको अपार्टमेन्टसहितको ४ वटा घर रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ।
विवरणमा ललितपुरको भैँसेपाटीमा ४ आना ३ पैसा क्षेत्रमा ५ करोड मूल्यको अर्को घर, काभ्रेको धुलिखेलमा पनि उनको नाममा ३ करोड ७५ लाखको अपार्टमेन्ट र तनहुँको बन्दीपुरमा ३ आना ३ पैसा क्षेत्रफलको घर रहेको उल्लेख छ।
ती घरजग्गा उनले अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीबाट जोडेको उल्लेख बताएका छन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिकामा जीवनराज वाग्लेको नाममा ३ रोपनी, गोरखाको शहीद लखन गाउँपालिका ८ मा ३ रोपनी जग्गा रहेको छ। वाग्लेको नाममा गोरखा नगरपालिकामा ५ रोपनी जग्गा छ।
जीवनराज वाग्लेको नाममा चितवनको रत्ननगर नगरपालिका ४ र १४ मा ५ रोपनी जग्गा तथा स्वर्णिम वाग्लेकै नाममा तनहुँको भानु नगरपालिकामा ६ रोपनी जग्गा छ।
पिताको रोजगारी र बचत, पैत्रिक सम्पत्ति, अन्तर्राष्ट्रिय रोजगारी, पिताको बचत र अन्तर्राष्ट्रिय रोजगारी, श्रीमतीको आयबाट जोडेको उनले बताएका छन्।
स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको उल्लेख गरेका छन्। अर्थमन्त्री वाग्लेले हिमालयन, सानिमा, स्ट्याण्डर्ड चार्टड बैंकमा गरी आफूसँग १ करोड ९० लाख मौज्दात रहेको बताएका छन्। आफू र पत्नीको आय एवम् सापटीबाट जोडेको उनले उल्लेख गरेका छन्।
उनीसँग सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३, सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता सेयर छ। नेशनल फण्ड म्यानेटमेन्ट लिमिटेड, ठूलो खोला, अपर मादी खोलाको गरी ९० लाख, ६० लाख, ३ करोड मूल्यको सेयर रहेको छ।
उनले राष्ट्यि वाणिज्य बैंकबाट ३८, स्ट्याडर्ड चार्टड बैंकबाट ७५ लाख, ग्लोबल आइएमइबाट १ करोड ५ लाख र व्यक्तिगत सापटीबाट २ करोड ५० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंक र स्ट्याडर्ड चार्टड बैंकबाट ३८ र ७५ लाख भने चुक्ता गरिएको विवरणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।