• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १७, २०८२ Wed, Dec 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजनामा किन गरियो यस्तो हतारो?

64x64
नेपाल लाइभ मंगलबार, असार १५, २०७८  २०:१५
1140x725

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडले गत शनिबार बुटवलमा आयोजित एक कार्यक्रमबीच  कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय उद्घाटन गरे।

कार्यलयको उद्घाटनसँगै यो विषय तीब्र विवादमा परेको छ। वुटवल क्षेत्रका स्थानीय तथा राजनीतिक कार्यकर्ताले उक्त विषयको समर्थन गरेपनि गण्डकी प्रदेशका राजनीतिक दत तथा स्थानीयले भने विरोध गरेका छन्। गण्डकी प्रदेशका निवर्तमान  मुख्यमन्त्री तथा एमाले नेता पुथ्वी सुब्बा गुरुङले त यो विषयमा खुलेरै विरोध गरेका छन्।

केपी शर्मा ओलीको पहिलो सरकारमा अर्थमन्त्री हुँदा नै पौडेलले २०७२ सालमा उक्त परियोजना अगाडि बढाइने बताएका थिए। २०७६ साउनमा बुटवलमै भएको एउटा कार्यक्रममा समेत पौडेलले  कालीगण्डकी–तिनाउ डाइभर्सन बहुद्देश्यीय परियोजना जसरी पनि अगाडि बढाइने बताएका थिए। त्यसका लागि गण्डकी प्रदेश सरकारलाई मनाउने जिम्मा आफ्नो भएको पनि त्यतिबेला उनले बताएका थिए। 

पौडेलको उक्त अभिव्यक्तिको गण्डकीका तत्कालीन मुख्यमन्त्री गुरुङले विरोध जनाएका थिए। गुरुङले कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना कुनै पनि हालतमा अगाडि बढ्न नदिने र 'ब्रह्मा, विष्णु र महेश्वर' नै लागिपरे पनि परियोजना अगाडि बढाउन नसक्ने चेतावनी दिएका थिए। 

‘कालगण्डकीको पानी डाईभर्सन गरेर तिनाउ लैजान ब्रहा विष्णु महेश्वरले पनि  सक्दैनन्, पौडेलको त कुरै छाडौं,’ गुरुङले त्यतिबेला भनेका थिए, ‘गण्डकी प्रदेशको सभ्यता झल्काउने कालीगण्डकीको पानी अन्यन्त्र लैजाने विषय सोच्न पनि सकिँदैन।’ गुरुङको अभिव्यक्तिमा तत्कालीन समयमा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल तथा स्थानीयले साथ दिएका थिए।

तर, राष्ट्रिय राजनीतिमा विकास भएका घटनाक्रमको प्रभावका कारण गुरुङले गण्डकीको मुख्यमन्त्री पद गुमाउनु पर्‍यो। जसको परिणामस्वरुप अहिले पौडेलले आफ्नो व्यक्तिगत चाहनालाई महत्व दिएर बुटवलमा परियोजनाको कार्यालय उद्घाटन गरेका छन्। 

परियोजनाअन्तर्गत कालीगण्डकी नदीको ८० प्रतिशत पानी तिनाउ नदी (खोला)मा खसाएर लुम्बिनी प्रदेशको १ लाख ७ हजार हेक्टर जमिन सिँचाइ गर्ने तथा १२६ मेगावाटको जलविद्युत् आयोजना बनाउने महत्वाकांक्षी लक्ष्य लिइएको छ। तर, परियोजनाबारे कुनै औपचारिक अध्ययन नै भएको छैन। 

सम्भाव्यता अध्ययन समेत नभएको परियोजना सम्पन्न हुनेमा सरोकारवाला सरकारी कर्मचारी नै आशंका व्यक्त गर्छन्। तर, परियोजनाको कार्यालय उद्घाटनमा गरिएको हतारोलाई भने धेरैले पौडेलको चुनाव जित्ने रणनीतिको रुपमा अर्थ्याएका छन्। 

Ncell 2
Ncell 2

परियोजनाको कार्यालय उद्घाटन भएको विषयलाई लिएर गण्डकी प्रदेश सरकारले विरोध गरिसकेको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले कालीगण्डकीको पानी तिनाउ लैजाने विषयमा कुनै पनि हालतमा सहमत नहुने बताएका छन्।

परियोजनाको सम्भाव्यता तथा वातवरणीय प्रभाव समेतको मूल्याङ्कन नगरी हतारहतारमा कार्यालय खोलिनुलाई वातावरण विज्ञले समेत 'रोचक' मानेका छन्।  ‘पाल्पाको परेवाडाँडा र स्याङजाको मलुङ बोर्डरमा कालीगण्डकीको माथि बाँध बाधेर २२ किलोमिटर सुरुङ बनाइ कालीगण्डकीको पानी पाल्पाकै दोभान हुँदै बुटवलतर्फ बग्ने तिनाउ खोलामा झार्ने  विषय आएको छ,’ वातावरण विज्ञ सुबोध शर्माले भने, ‘आवश्यक पूर्व अध्ययन र विस्तृत परियोजना रिपोर्ट पनि नबनेको  अवस्थामा बुटवलमा यसको कार्यालय खोल्नु र गण्डकी सरकारको विरोधको आवाज सुनिनु आफैंमा  रोचक छ।’

यही परियोजनाबाट ११३ मेगावट विद्युत उत्पादन गर्ने र सोही पानीलाई फेरि अर्को सुरुङबाट पुर्‍याएर सिँचाइमा प्रयोग गर्ने लक्ष्यमा कुनै अध्ययन नभएको वातावरण विज्ञ शर्माको भनाइ छ।  ‘यसबारे हामी पनि अनुसन्धान गर्ने छौं,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,‘तल्लो तटीय क्षेत्रमा पर्यावरणमा नकारात्मक असर पर्छ, सिँचाइमा असर पर्छ र काली आफैंमा सामरीक महत्वको नदी भएकाले पानीको कुरा उठ्नु राम्रो हो। रोचक कुरा त अध्ययन नै हुन बाँकी छ।’ ९०.६ क्यूसेक पानी कालीगण्डकीबाट तिनाउमा फर्काउने भनेको ४० प्रतिशत पानी हुने शर्मा बताउँछन्।

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको काल्पनिक नक्सा र परियोजनाको विशेषता। स्रोत– वातावरण विज्ञ सुबोध शर्मा

वातावरण विज्ञ ङमिन्द्र दाहाल पनि अध्ययन गरेर मात्रै परियोजनाको काम अगाडि बढाउनु पर्ने बताउँछन्। ‘हचुवाको भरमा आयोजनानको काम अगाडि बढाउनु भनेको असर बढी गराउनु हो,’ दाहालले भने, ‘यस विषयमा अध्ययन हुनुपर्छ। विषय उठानसँगै शुरु भएको विरोध तथा सकारात्मक विषयले यो आयोजनाको काम अगाडि बढाउन थप सहज गर्छ।’

तर, हिँउदमा मात्रै कालीगण्डकीको सफा पानी लैजाने गरी भने काम गर्न नहुने उनको तर्क छ। वर्षायामको पानी जमाएर हिउँदमा आवश्यकताअनुसार लैजान सकिएला। तर, सधैँ हिँउदमा नदीको बहाव घट्ने गरी पानी लैजाँदा पर्यावरणमा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ।

‘यो खालका विषय प्रविधिको विकाससँगै उठ्न थालेका छन्। पहिले हामीकहाँ ठूला ठूला सुरुङ खन्ने चलन थिएन। जब मेलम्चीको सुरुङमा ब्रेक थ्रु भयो, त्यसपछि यो खालको विकासको परिपाटी शुरु हुने क्रम बढेको छ।  अहिले हिमालय क्षेत्रको पहाडहरुमा विकासको नयाँ सोच शुरु भएको छ,’ उनी भन्छन्, ‘यो नौलो प्रविधि आएको बेला नयाँ तथा नसोचिएका सम्भावनाहरु सोचिन थालिएको हो। ’

सैद्धान्तिक छलफलका लागि यो विषय शुरुवात भएको र अब यस्तो विषय थपिँदै जाने दाहाल बताउँछन्। ‘प्रकृतिलाई कति, मान्छेलाई कति? पानी लैजाने ठाउँमा बसेको मान्छेको इच्छा कति र पानी जाने ठाउँमा मान्छेको इच्छा कति? भन्ने विषय पनि आउँछन्,’ उनले भने, ‘कसको स्वार्थलाई बढी प्राथमिकता दिने भन्ने विषय पनि रहन्छ।’

पानी डाइभर्ट गर्दा के हुन्छ भन्दा पनि सुरुङको निर्माण कसरी हुन्छ भन्ने विषय महत्वपूर्ण भएको दाहाल बताउँछन्। ‘पानीलाई संकलन गर्छौं कि सीधै बगेको पानीलाई डाईभर्ट गछौं, कति लागतमा काम गछौं भन्ने विषयमा विस्तृत अध्ययनले मात्रै आयोजनाको असर तथा फाइदाको  विषय उजागर गर्छ,’ दाहालले भने, ‘उदाहरणका लागि वर्षाको पानी जम्मा गरेर सुख्खा मौसममा कालीगण्डकीमा बग्ने पानी छाडेर लैजान लागेको हो कि सिधै हिउँदमा बगेको पानी नै डाइभर्ट गर्न खोजिएको हो? यो विषय पहिल्यै स्पष्ट हुनुपर्छ।’

अहिलेको छलफल सतही र कल्पनामा आधारित रहेको उनले बताए। ‘सत्य के हो भनेर कहीँ कतै छलफल भएको छैन। यो उक्साइएको विषय हो,’ उनले भने, ‘सुरुङ खनेर एकठाउँको पानी अर्को ठाउँमा लगेर विकास गर्दा त्यसले सामाजिक अर्थतन्त्रदेखि वातावरणमा पर्ने असरको बारेमा अध्ययन हुनुपर्छ।’

आयोजना बनेमा पाल्पाको दोभानमा प्रस्तावित पहिलो विद्युत्‌गृह  र रूपन्देहीको बेलवासमा प्रस्तावित दोस्रो विद्युत्‌गृहबाट कुल १२६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ। यो बहुद्देश्यीय आयोजनाको मुख्य लक्ष्य भने सिँचाइ भएको बताइएको छ। रूपन्देही र कपिलवस्तु जिल्लाको १ लाख ७ हजार हेक्टर खेतीयोग्य जमिन सिँचाइ गर्ने लक्ष्य परियोजनाबाट लिइएको छ। 

सुख्खायाममा रूपन्देहीको ५३ हजार र कपिलवस्तुको ५४ हजार गरी जम्मा १ लाख ७ हजार हेक्टर जमिन सिञ्चित गर्ने गरी कालीगण्डकीको पानी तिनाउमा लैजान लागिएको आयोजना प्रमुख सन्तोष कैनी बताउँछन्। उनका अनुसार वर्षामा रूपन्देहीको ३६ हजार र कपिलवस्तुको ४९ हजार गरी जम्मा ८५ हजार हेक्टर सिञ्चित हुनेछ। आयोजनाको लागत विद्युत् उत्पादनमा ६४ अर्ब र सिँचाइ तथा सिञ्चित क्षेत्र विकासमा ७४ अर्ब गरी १ खर्ब ३८ अर्ब रहने अनुमान गरिएको छ।

कालीगण्डकी क्षेत्रमा पानीको बहाव हिउँदमा प्रतिसेकेन्ड १०२ घनमिटर हुन्छ। तर, आयोजनाले ८२ घनमिटर पानी ‘डाइभर्ट’ गर्ने लक्ष्य लिएको छ। यसरी ८० प्रतिशत पानी फर्काउने यो आयोजनाका लागि संघीय सरकारले गण्डकी प्रदेश सरकार र स्थानीय तहसँग भने समन्वय नै गरेको छैन। जबकि त्यो क्षेत्रमा शुरुदेखि नै परियोजनाको विरोध भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुधबार बिहान पाँच घण्टा फोन पे अवरुद्ध हुने
लुम्बिनी विकास कोषको सदस्य-सचिवमा श्रेष्ठ नियुक्त, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
सम्बन्धित सामग्री
सुनको मूल्य सामान्य घट्यो, चाँदीको भने बढ्यो यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ५ सय ४५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ। मंगलबार, मंसिर १६, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सरकारले अब एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा वित्तीय संस्था वा बैंकिङ... सोमबार, मंसिर १५, २०८२
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णपाठ) राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको समीक्षा सार्वजनिक गरेको हो । सोमबार, मंसिर १५, २०८२
ताजा समाचारसबै
बुधबार बिहान पाँच घण्टा फोन पे अवरुद्ध हुने मंगलबार, मंसिर १६, २०८२
लुम्बिनी विकास कोषको सदस्य-सचिवमा श्रेष्ठ नियुक्त, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन मंगलबार, मंसिर १६, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि मंगलबार, मंसिर १६, २०८२
एनपीएल–२ : पोखराको दोस्रो जित, पाँचौं हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली मंगलबार, मंसिर १६, २०८२
हर्क साम्पाङको पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ मंगलबार, मंसिर १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्