एजेन्सी– इस्लामावादमा भएको अमेरिका–इरान वार्ता अमेरिकाको अत्यधिक मागका कारण सहमतिबिना टुङ्गिएको इरानको सरकारी मिडिया प्रेस टीभीले जनाएको छ ।
रिपोर्टअनुसार वार्तामा स्ट्रेट अफ होर्मुज, इरानको आणविक अधिकार र अन्य विषयहरू मुख्य विवादका विन्दु बनेका थिए । दुवैपक्षबीच यी मुद्दामा सहमति नजुटेपछि वार्ता निष्कर्षमा पुग्न सकेन ।
यसअघि पनि इरानीपक्षले अमेरिकाले अत्यधिक र अस्वीकार्य माग राखिरहेको आरोप लगाउँदै आएको थियो, जसका कारण वार्ता कठिन बनेको बताइएको छ ।
क्षेत्रीय सुरक्षा, आणविक कार्यक्रम र रणनीतिक तेल मार्ग नियन्त्रणजस्ता संवेदनशील विषयहरूमा दुवै देशबीचको मतभेद अझै गहिरिँदै जाने देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।