काठमाडौं- बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ परेका छन्।
मुम्बई प्रहरीको क्राइम ब्राञ्चले शेट्टीका पति कुन्द्रालाई सोमबार मध्यरातमा गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
कुन्द्राका विरुद्धमा यसै वर्षको फेब्रुअरीमा पोर्नोग्राफिक कन्टेन्ट(अश्लिल सामाग्री) निर्माण गरिरहेको भन्दै मुद्दा दर्ता भएको थियो।
उनले ति अश्लिल फिल्महरु बिक्री वितरणसमेत गरिरहेको पाइएको छ। उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रहरीले राज कुन्द्राका विरुद्धमा पर्याप्त प्रमाण रहेको जनाएको छ। उनीमाथि सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ। मेडिकल जाँचपछि कुन्द्रालाई मंगलबार अदालत पेश गरिने छ।
मुम्बइ प्रहरीका कमिश्नरका अनुसार क्राइम ब्रान्चले फेब्रुअरी २०२१ मा अश्लिल फिल्म बनाउने र त्यसलाई अलग अलग एप्सहरुमा रिलिज गरेपछि मुद्दा दर्ता गरेको थियो। यसपछि प्रहरीले अलग अलग स्थानमा छापामारेको थियो।
यसप्रकणमा कुन्द्राभन्दा पहिला ४ जनालाई पक्राउ गरिएको थियो। उनीहरुको बयान र प्राविधिक प्रमाणका आधारमा कुन्द्रालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले कुन्द्राविरुद्ध पर्याप्त प्रमाण रहेको दाबी गरिरहेको छ। यदी अदालतबाट प्रमाणित भए उनले लामो समय जेल बस्नपर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
राज कुन्द्राले शिल्पासँग दोस्रो विवाह गरेका हुन्। उनको सन् २००३ मा कविता कुन्द्रासँग विवाह भएको थियो। तर, उनीहरुको विवाह लामो समय टिकेन। सन् २००६ मा सम्बन्धविच्छेद भएपछि राजले बलिउड अभिनेत्री शिल्पासँग सन् २००९ मा विवाह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।