काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत बजेटलाई ‘8वाद उन्मुख’ बजेट भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभामा बजेट माथिको अन्तिम दिनको छलफलमा बोल्दै नेता पौडेलले जनताका अपेक्षालाई उपेक्षा गर्न नसकिने भएकोले यथार्थको जगमा उभिएर बजेट आएको बताए। पौडेलले सन्तुलनकारी बजेटको संज्ञा दिए। संविधानले अंकित गरेका मौलिक हकहरु र निर्वाचनमा दलहरुले अघि सारेका मुलभुत विषयहरुलाई बजेटले समेटेको उनले दावी गरे। बजेट सम्मुन्नत, स्वाधिन, 8वादउन्मुख अर्थतन्त्रतर्फ अगाडि बढेको पौडेलको भनाइ छ।
‘अहिले न 8वादी बजेट प्रस्तुत गर्न सकिने अवस्था थियो न पुजिवादी बजेट प्रस्तुत नै हुने अवस्था थियो। 8वादतर्फ उन्मुख भएको बजेट प्रस्तुत गर्नुपर्ने आजको आवश्यकता भएकोले त्यसै अनुरुप बजेट आएको छ।’, उनले भने।
नेता पौडेलले बजेटको आकार पनि सन्तुलित रहेको बताए। पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, द्रुतमार्गलाई उच्च महत्व दिएकोले बजेटको प्रशंसा गरे। काठमाडौंमा मेट्रो, मोनारेल तथा पूर्व–पश्चिम रेल मार्गलाई महत्व दिएको प्रति उनले समर्थन जनाए।
नेता पौडेलले पूर्ववर्ती सरकारले अगाडी सारेका राम्रा कामहरुलाई निरन्तरता दिइएकोसमेत दावी गरे। ‘बजेट विकास, समृद्धि र सामाजिक न्यायको दिशामा अग्रसर छ।’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।