काठमाडौं- आज यस वर्षको पहिलो साउने सोमबार। साउन महिनाको सोमबार हिन्दू धर्मावलम्बीले भगवान शिवको विशेष पूजा अर्चना गर्ने गरेका छन्।
यस महिना भगवान शिवको प्रिय महिनाको रुपमा हिन्दू धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ। यस महिनामा शिवको पूजाआराधना र व्रत गर्दा मनोकांक्षा पूरा हुने विश्वास गर्दै शिव मन्दिरमा पुगेर पूजा अर्चना गर्ने गरिएको छ।
कोरोना भाइरस महामारीका कारण यसवर्ष पनि पशुपति लगायतका मन्दिरहरुमा धर्मावलम्बी प्रवेश गर्न पाएनन्। उनीहरुले पशुपति परिसरमा भगवान शिवको पूजा अर्चना गरेका छन्।
पशुपति प्रवेश गर्ने मुख्यद्वारमा नै महिलाहरु पूजा अर्चना गरेर फर्किएका छन्। साउनमा हरियो, पहेलो पहिरन र मेहन्दीको विशेष महत्व रहेने गरेको छ।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।