वालिङ– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको छ।
२०३९ सालमा स्थापना भएको उक्त बैंक २०५६ सालमा द्वन्द्वका समयमा त्यहाँबाट विस्थापित भई स्याङ्जा सदरमुकाम आएको थियो। १ सय ९०औँ शाखाका रुपमा बैंकको शनिबार सूचना तथा सञ्चार प्रविधि सचिव महेन्द्रमान गुरुङले उद्घाटन गरे।
सो अवसरमा सचिव गुरुङले बैंकले प्रदान गर्ने सेवा सुविधालाई अझै प्रभावकारी ढंगबाट अगाडि बढाउँदै सेवाग्राहीको मन जित्दै जानुपर्ने बताए। बैंकको सेवा सर्वसाधारणको पहुँचमा पुर्याएर यस क्षेत्रको आर्थिकस्तर सुधार गर्नका लागि महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी स्वामित्वमा सञ्चालित बैंकले यस क्षेत्रको आर्थिक विकासका साथै बैंकिङ प्रणालीलाई सर्वसाधारणको पहुँचमा पुर्याउन लागिपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।