काठमाडौं- नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियो 'धर्ति आकाश' ट्रेण्डिङको एक नम्बरमा परेको छ।
४१ घण्टामै भिडियो नेपालको युट्युब ट्रेण्डिङमा एक नम्बरमा पर्न सफल भएको छ। यो समाचार तयार पार्दै गर्दा म्युजिक भिडियोले ९ लाख १५ हजार भ्युज पाइसकेको छ।
यी दुईले साथमा केही म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। तर, म्युजिक भिडियोमा पनि यो जोडीको प्रसंशा हुन सकेको थिएन।
यी दुई कामले भन्दा विभिन्न फण्डा र सँगै सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताले मात्रै चिर्चित थिए। तर, धर्ति आकाश बोलको गीतमा बनाइएको म्युजिक भिडियोमा भने यी दुईको सबैले प्रसंसा गरेका छन्।
अहिले नेपालीको प्रिय बनिरहेको एप टिकटकमा पनि यो गीतले सबैलाई रुवाइरहेको छ। मानिसहरु रोएको अभिनय गर्दै टिकटकमा भिडियो बनाइरहेका छन्।
म्युजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन्। त्यस्तै खिच्ने काम भने उत्सव दाहालले गरेका छन्।
गीतकार तथा संगितकार अर्जुन पोखरेलले गीत तयार पारेका हुन्। शब्द दु:खान्त र मार्मिक छ। गीतमा दुर्गा खरेल र रोशन अधिकारीले स्वर भरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।