काठमाडाैं- पल शाह र टिकटकबाट भाइरल भएकी समाचार वाचिका श्री पाण्डे अभिनित म्युजिक भिडियो 'फूलकुमारी' सार्वजनिक भएको छ। पहिलोपटक सँगै स्क्रिन सेयर गरेका पल र श्रीको जोडीलाई दर्शकले मन पराएका छन्।
त्यसो त पल शाहको नाम म्युजिक भिडियोसँगै खेलेका प्रायः मोडलसँग जोडिने गर्छ। फूलकुमारीमा पनि पल र श्रीको जोडी सुहाएको चर्चा यी दुईका फ्यानले गरेका छन्। श्रीले यसअघि पनि पलसँगै पानि मिठो नामको म्युजिक भिडियोमा काम गरेकी थिइन्।
भिडियोलाई उत्सव दाहालले खिचेका हुन्। सरोज मोक्तान तामाङको छायांकन रहेको भिडियो सरिन पोखरेलको निर्देशन र वसन्त अधिकारीको सहनिर्देशनमा बनेको हो।
प्रकाश पौडेलले लेखेको गीतलाई गायक तथा संगीतकार राजाराम शिवाकोटीले गाएका छन्। संगीत पनि उनैले दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।